Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

अर्घाखाँची – सन्धिखर्क नगरपालिकाले बजारका ठाँउ ठाउँमा फ्रि वाईफाई सुविधा उपलब्ध गराएको छ । प्रारम्भमा सन्धिखर्क बजारका ३ स्थानमा  फ्रि वाईफाई सुविधा उपलब्ध गराइएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बसपार्क, भक्तिटोला र शान्ति बगैंचामा फ्रि वाईफाई जडान गरिएको नगरपालिकाका नायव सुब्बा कृष्ण वर्माले जानकारी दिनुभयो । पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने गरी नगरका विभिन्न स्थानमा फ्रि वाइफाई अभियान राखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको बजार क्षेत्रमा आउने पर्यटकलाई सहजता ल्याउने उद्देश्यका साथ वाईफाई जडान गरिएको हो ।

झन्डै तीन लाखको लागतमा वाईफाई जडान गरिएको हो । नगरपालिकाले आगामी वर्षमा अन्य क्षेत्रहरुमा पनि फ्रि वाईफाई जडान गर्ने लक्ष्य लिएको बताएको छ । आफ्नो घोषणपत्रमा पनि उल्लेख भएको तथा पर्यटकलाई सहज होस भनेर वाईफाई जडान गरिएको नगरप्रमुख कमलप्रसाद भुसालले बताउनुभयो ।

नगरमा अन्य थुप्रै काम गर्न बाँकी रहेको र त्यसलाई बिस्तारै पूरा गर्दै लैजाने उहाँले बताउनुभयो । सबै काम एकै पटक सम्भव नभएकाले क्रमश आफूहरु लागिपरेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया