Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

कोलकाता – उडिरहेको विमानमा पाइलटलाई अकस्मात हृदयघात भए के होला !

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

धेरैको मनमा यो प्रश्नको जवाफमा सम्भावित दुर्घटना अंकित हुन्छ । तर इन्डिगो एयरलाइन्सको एक विमानमा मुख्य पाइलटलाई उडानकै बीच हृदयघात भए पनि सामान्य ढंगले नै विमानलाई अवतरण गराएर सम्भावित दुर्घटना टारिएको छ ।

समाचार एजेन्सीहरुका अनुसार इम्फालबाट कोलकाता आउँदै गरेको विमानमा पाइलटलाई हृदयघात भएको थियो । क्युवा मुलका ६३ वर्षीय पाइलट सिल्भियो डियाज अकोस्टालाई उडानकै क्रममा हृदयघात भएको हो ।

कोलकाता नजिकैको आकाशमा आइपुगेको अवस्थामा उनलाई हृदयघात भएको बताइन्छ । अवतरणको तयारी गरिरहँदा उनले आफ्नो को–पाइलटलाई छाती दुख्न थालेको जानकारी गराएका थिए । विस्तारै उनको छातीमा दुखाइ बढ्दै गयो र शरीर पसिनाले भिज्न थाल्यो ।

विमानस्थल स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएअनुसार छातीको पीडालाई झेल्दै ती पाइलटले आफ्नो को–पाइलटको सहयोगमा विमानलाई सुरक्षित अवतरण गराएका थिए । अवतरण लगत्तै उनलाई विमानस्थलको चिकित्सकीय युनिटमा लगिएको थियो । ईसिजी रिपोर्टअनुसार पाइलट अकोस्टाको अवस्था निकै गम्भीर पाइएको थियो ।   लगत्तै उनलाई अस्पताल भर्ना गरियो ।

कार्डियोलोजिस्ट डा. सत्रजीत समन्ताका अनुसार पाइलट अकोस्टालाई तत्कालै आकस्मिक कक्षमा राखेर उपचार गरिएको थियो । उनलाई हृदयघातका कारण छातीमा पीडा भएको चिकित्सकहरुको भनाइ छ । मुटुमा जाने नसामा रक्तप्रवाह निकै कम या पूर्ण रुपमा बन्द हुँदा यस्तो समस्या आउने चिकित्सकको भनाइ छ ।

उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार निकै कठिन अवस्थामा उनको उपचार गरिएको थियो । उपचारका क्रममा उनलाई दुई पटकसम्म विद्युतीय झट्कासमेत दिइएको चिकित्सकले जनाएका छन् ।

उनको स्वास्थ्यमा सुधार हुँदै गएको बताइएको छ । यति गम्भीर अवस्थामा समेत उनले यात्रुलाई सुरक्षित रुपमा अवतरण गराएकोमा चिकित्सकहरु चकित भएका छन् ।

तपाईको प्रतिक्रिया