Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

रातो सारी र छड्के तिलहरीको प्रदर्शन गर्ने उत्सवका रूपमा तीज बदलिएकोमा पाका महिलाहरू संस्कृति प्रति गम्भीर चिन्तित छन् । नयाँ पुस्ताका महिलालाई तीजको धार्मिक या सांस्कृतिक पक्षसँग भन्दा पनि यसको तामझाम र ग्ल्यामरसँग मतलब छ । नयाँ पुस्ताका महिलाले तीजको असली संस्कृति बिर्सँदै गएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तीज आउनु एक महिना पूर्व तीजको तडकभडक र रमझम सुरु हुन थाले पछि नयाँ पुस्ताले तीजको असली संस्कृति बुझ्न पाएको छैन । तीजमा दिदीबहिनीहरू जम्मा भएर रमाइलो गर्ने परम्पराको पछिल्लो पुस्तालाई मतलब छैन । बिदेशी भूमिमा आफ्नो जागिर भन्दा पनि तीज आउनुभन्दा एक महिना अघि नै यसको रमझम सुरु हुने गरेको छ । तीजको अवसर भन्दै बिदेशी भूमिमा यहाँका अध्यागमन विभागले भिषा दिएमा नेपालबाट कलाकार झिकाई कसैको सहयोगार्थ भनि ठूला-ठूला पोस्टरहरु बनाई नाचगान प्रतियोगिता आयोजना गर्ने चलन हावी हुँदै जान थालेको छ ।

वास्तवमा तीज भनेको जम्मा तीन दिन मनाउने हो तर जापानमा आजभोलि त एक-डेढ महिना नै तीज मनाउने चलन चल्दैछ खासै भन्ने हो भने यस्तो तरिकाले तीज मनाउनु राम्रो होइन । हुनेखानेहरूले तीजलाई भड्किलो बनाउन थाले पछि यसको सांस्कृतिक पक्ष लोप हुँदैछ । हुन पनि दर खाने नाममा विभिन्न संस्था र समूहले चन्दा उठाउँछन् । तीजमा घुसेको यस्तो खर्चालु प्रवृत्तिले यो चाड हुने खाने महिलाका चाडका रूपमा स्थापित हुन थालेको छ । ऋण काढेर होस् वा आफ्नो श्रीमानलाई थर्काएर होस्, एकछाक दर खान हजारौँ रूपैयाँ खर्च गर्नेहरू धेरै छन त्यसैले हुँदा मात्र खाने महिलाहरू तीज नआइदिए हुन्थ्यो भन्न थालेका छन् ।

पहिले जस्तो तीजमा माइती जाने चलन पातलिएको छ । सम्पन्न परिवारका महिलाका निम्ति तीज भनेको महँगो होटल वा रेस्टुरेन्टमा पुगेर छमछमी नाच्नु मात्रै भएको छ । दर खाने र खुवाउने देखि गहना र पहिरन सम्मका विकृति पसिसकेका छन् यस्तो तरिकाले तीज मनाउनु राम्रो होइन,कतिको घरमा त गहनाकै लागि कलह हुने गरेको छ । यसै गरी तीज मनाउने हो भने यसको सांस्कृतिक पक्ष हराउनेछ र उपभोगतावादी चरित्रले यसलाई खर्लप्पै निल्नेछ। यो देखासिकीको दुनियाँ हो, नक्कलै नक्कलको दुनियाँ हो । तीजमा हाल महिलाहरूले देखाइरहेको महँगो ढर्राको वास्तविकता सायद यही हो ।

संस्कृतिको जगेर्ना गर्ने नाममा तीजलाई महँगो पर्व बनाइँदैछ । एक महिनाअघिदेखि तीजे फलानो र ढिस्कानो तीजे कार्यक्रम राख्नेहरूको ताँती नै छ । पहिले एक दिन खाइने दर अहिले डेढ महिना अघि देखि खान थालिएको छ । तीजको व्रतको एक दिन अघि नाचिने नाच धेरै अगाडिदेखि नाच्न थालिएको छ । कुनै जमाना थियो माइतीमा दर खाने र चौतारामा धित मरुञ्जेल नाच्ने र गाउने, टाढा माइती भएका या माइती नभएका महिला घरमै तीज मनाउँथे र माइत जान नपाएको पीडा गीत मार्फत पोख्थे । यो त्यो जमानाको कुरा हो, जतिबेला महिलाहरूको संसार घर, घाँसदाउरा र मेलापातमा सीमित थियो ।

आज समय बदलिएको छ, महिलाहरूको संसार फराकिलो भएको छ र तीज बदलिएको छ भने छड्के तिलहरी लगाउनैपर्ने, सुनका गरगहनाले झकिझकाउ हुनुैपर्ने विकृति आएको छ । पहिरन र गहना प्रदर्शनको महामेला भएको छ तीज पर्ब पछिल्लो समय तीजका नाममा ठूलो विकृति भित्रिएको छ। गरगहना प्रदर्शन  गर्ने र रेस्टुरेन्ट र होटेलमा गएर दर खाने प्रवृत्ति तीजको संस्कृति होइन । यस्ता क्रियाकलापले तीजको गरिमा घटाएको छ । ***

-श्री गुरुङ (पोखरा)हाल जापान

तपाईको प्रतिक्रिया