Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – आर्काइभ्स अफ सेक्सुअल बिहेवियर नामक जर्नलमा प्रकाशित एक नयाँ अध्ययन अनुसार कतिपय महिलाहरु एक महिनामा ५५ पटकसम्म यौन चरम आनन्द प्राप्त गर्न सक्दछन् । अझ रोचक कुरा त के भने यति धेरैपटक चरम आनन्द हासिल गर्ने महिलाहरुले कुनैपनि पुरुषसँग यौन सम्पर्क गरेका थिएनन् । उनीहरुले पुरुषसँग होइन महिला पार्टनरसँग नै सेक्स गरेका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो अध्ययनसँग जोडिएका केही रोचक नतिजा यस्ता छन्ः-
शोधकर्ताहरुले ३ हजार महिलाहरुलाई २ फरक फरक समूहमा विभाजन गरे । पहिलो समूहमा मुख्य पार्टनर पुरुष भएका महिला थिए भने अर्को समूहमा महिला नै प्राइभरी पार्टनर भएका महिला थिए । त्यसपछि उनीहरुलाई कतिपटक चरम आनन्द प्राप्त गरिन्छ ? कतिपटक यौनक्रिडामा सहभागी भइन्छ ? कस्तो खाले यौनक्रिया मन पर्दछ ? भनेर प्रश्न गरियो । उनीहरुका यौन गतिविधि ४ हप्तासम्म निगरानी गरियो ।

अध्ययनबाट यो थाहा भयो कि लेस्बियन महिलाहरुले एक महिनामा १० पटक सेक्स गरे जबकि सामान्य जोडीले १ महिनामा १५ पटक सेक्स गरे । तर सेक्सको दर वा पटकसँग महिलाले प्राप्त गर्ने चरम आनन्दको कुनै सम्बन्ध देखिएन । महिला पार्टनरसँगै भएका महिलाहरुले पुरुष पार्टनरसँग भएका महिलाले ३ गुणा बढी चरम आनन्द महसुस गरेको पाइयो । ती महिलाका पार्टनरका रुपमा रहेका ७३ प्रतिशत पुरुषले मात्र आफ्नो महिला पार्टनर यौन सम्बन्धका बेला हरेक पटक चरम आनन्द प्राप्त गर्ने बताए ।

शोधकर्ताहरुका अनुसार महिला र पुरुषबीच हुने यौन सम्बन्धका क्रममा पुरुषहरुको ध्यान केवल आफ्नो यौनांग महिलाको यौनांगमा छिराउने कुरामा जाने र महिलाको चरम आनन्द पुरुषको प्राथमिकतामा नपर्ने देखिएको छ । त्यसैले पुरुषको चरम आनन्दलाई नै सेक्ससत्रको अन्त्य मानिन्छ र त्यसमा महिलालाई चरम आनन्द प्राप्त भयो भएन भन्ने कुरालाई महत्व दिइँदैन । –एजेन्सीको सहयोगमा

 

तपाईको प्रतिक्रिया