Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – सरकारले विभिन्न वस्तुमा वर्षेनी दिँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०७५-७६ को बजेटमार्फत् सरकारले भ्याट फिर्तामा देखिएको विकृति अन्त्य गरेको हो । अर्थ मन्त्रालयका अनुसार हाल विक्रीका आधारमा भ्याट फिर्ता दिने व्यवस्थालाई बजेटको यो व्यवस्थाले खारेज गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हाल सरकारले मोबाइल फोन आयातमा लाग्दै आएको भ्याटको ४० प्रतिशत रकम आयातकर्ता कम्पनीलाई फिर्ता दिँदै आएको थियो । भ्याट फिर्ताबापत रकम प्राप्त नहुने भएपछि फोनको मूल्य बढ्ने छ । अहिले ३५ हजार रुपैयाँ पर्ने फोन आयात गर्दा आयतकर्ताले सोबापत हुन आउने ४ हजार ५ सय ५० रुपैयाँको ४० प्रतिशत अर्थात् १८२० रुपैयाँ भ्याट फिर्ता पाउने गरेका थिए । सो रकम आयातकर्ताले फोनको मूल्यमा घटाएर उपभोक्तालाई बेच्नुपर्ने थियो ।

तर आयातकर्ताले त्यसको दुरुपयोग गरेको पाइएपछि सरकारले नयाँ बजेटमार्फत् भ्याट फिर्ता नीति बन्द गरेको हो । अर्थात् अब ३५ हजारको फोन किन्दा झण्डै दुई हजार रुपैयाँ ग्राहकले थप मूल्य तिर्नुपर्ने छ । मोबाइल चोरी पैठारी रोक्न र औपचारिक माध्यमबाट आयात बढाउन सरकारले ७ वर्ष पहिले मोबाइल फोनको आयातमा भ्याट फिर्ताको नीति ल्याएको थियो ।

तपाईको प्रतिक्रिया