Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

बेइजिङ –  चीनको एक सहरमा एक्लोपन महसुस गर्दै आएका युवालाई ध्यानमा राखेर भाडामा प्रेमिकाको व्यवस्था गरिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गुआङ्गडोङ्ग प्राप्तको ह्युआन सहरमा यस्तो व्यवस्था गरिएको हो । ‘दि भिटालिटी सिटी सपिङ्ग कम्प्लेक्स’ मा भाडाका प्रेमिका बन्न तयार युवती लस्करै उभिएका हुन्छन् । पोडियममा उभिएका ती युवती कुनै पनि पुरुषसँग भाडामा प्रेमिका बन्न तयार हुन्छन् ।

भाडामा प्रेमिका बनाउनका लागि कम्तीमा २० मिनेटको शुल्क तिर्नुपर्दछ । २० मिनेटका लागि १ आरएमबी (१७ रुपैयाँ नेपाली) को हाराहारीमा शुल्क तिर्नुपर्दछ । त्यसभन्दा बढी समय राख्न चाहने हो भने अतिरिक्त शुल्क तिर्नुपर्ने जनाइएको छ ।

यसरी लिइएका प्रेमिकासँग उक्त सपिङ कम्प्लेक्सभित्र घुमफिर गर्न, वार्तालाप गर्न सकिने छ । तर उनीहरुको अनुमतिविना छुन पाइने छैन । सपिङ कम्प्लेक्स बाहिर लैजान पनि भाडामा लिइएकी प्रेमिका राजी हुनुपर्दछ ।

चीनमा महिलाको तुलनामा पुरुषको जनसंख्या बढी भएका कारण कयौं युवाले विवाहका लागि युवती पाउन सकेका छैनन् । यस्तोमा एक्लोपन महसुस गर्ने युवालाई ध्यानमा राख्दै यस प्रकारको सेवा सुरु गरिएको बताइन्छ ।

तपाईको प्रतिक्रिया