Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं –  टुथब्रस दाँत सफा गर्न दैनिक हामीले प्रयोग गर्दै आएका छौँ । निरन्तर प्रयोग गर्दा एउटा टुथब्रस सामान्यतया करिब तीन महिना उपयोग गरिन्छ । त्यसपछि टुथब्रस बिग्रन थाल्ने कारण यसले राम्रोसँग दाँत सफा गर्न पनि सक्दैन । यस्तोमा दाँत सफा गर्न अर्को टुथब्रस लिनुको विकल्प पनि हुँदैन । नयाँ टुथब्रस खरिद गरेपछि पुरानो ब्रस फाल्ने धेरैको बानी हुन्छ । तर, पुरानो टुथब्रसलाई पनि हामी धेरै काममा प्रयोग गर्न सक्छाैँ । पुरानो टुथब्रसलाई फरक कामका लागि उपयोग गर्ने तरिकाहरू यस्ता हुन सक्छन् :

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गहनाको सफाइ

सुनचाँदीजस्ता बहुमूल्य धातुबाट निर्माण गरिएको गहना सरसफाइ गर्न टुथब्रस एकदम उपयुक्त हुन्छ । यसका लागि गहनालाई थोरै तातो पानीमा केही समय डुबाएर राख्नुपर्ने हुन्छ । त्यसपछि गहनालाई ब्रसको सहयोगले बिस्तारै सफाइ गर्न सकिन्छ । यसरी गहना सफा गर्दा सुरुवाती अवस्थामा जस्तै नयाँ चमक ल्याउन सकिन्छ ।

फोहोर नङको सफाइ

घरबाहिर तथा भित्रका विभिन्न काम गर्दा हात र नङको भित्री भागमा पनि फोहोर अड्केर बसेको हुन्छ । अझ विशेषगरी खेतबारी वा बगैँचामा काम गर्दा माटो तथा अन्य फोहोर जमेर बसेको हुन्छ । त्यसैले सधैँ हात धुँदा या नुहाउँदा पनि टुथब्रसको सहयोगले नङको सफाइ गर्न धेरै सजिलो हुन्छ ।

कपाल कलर गर्न

कपाललाई विभिन्न कलर गरेर फेसनेबल बन्ने ट्रेन्ड अहिले निकै चलेको छ । यस्तोमा कपालमा कलर लगाउन टुथब्रसको प्रयोग गर्नु निकै फाइदाजनक हुन्छ । त्यस्तै, ब्रसको सहयोगले कपाललाई हाइलाइट गर्न पनि निकै सजिलो हुन्छ ।

नङपालिसको सफाइ

नङमा पोलिस गर्दै गर्दा धेरैपटक नङभन्दा बाहिरी भागमा पनि पोलिस लागिरहेको हुन्छ । नङको किनारमा नसुहाउँदो गरी कलर लागिरहेको हुन्छ । यस्तो अवस्थामा पनि टुथब्रसको सहयोगले नङको सफाइ गर्न सहज हुन्छ ।

आइब्रो

आइब्रोलाई बाक्लो देखाउन टुथब्रसमा क्यास्ट आयल लगाएर आँखीभौँमा हलुका घुमाउनुपर्छ । त्यस्तै परेलालाई पनि बाक्लो तथा लामो देखाउन यसको उपयोग गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया