Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएको पाँच दिनपछि फेसबुकका मालिक मार्क जुकरबर्गले मौनता तोडेका छन् । 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट मानिएको डाटा फर्म क्याम्ब्रिज एनालिटिकाले पाँच करोड अमेरिकी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरेर राष्ट्रपति चुनावलाई प्रभावित गर्न खोजेको समाचार सार्वजनिक भएपछि फेसबुकको गोपनियतामाथि विश्वभरबाट सवाल उठाइएको थियो । विश्वका विभिन्न सरकारले फेसबुकमाथि कडा नियमन गरिनुपर्ने माग गर्दै आएका छन् ।

फेसबुकमा संस्थापक समेत रहेका माक जुकरबर्गले आफ्नो कम्पनीबाट गल्ती भएको स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘फेसबुक र यसका प्रयोगकर्ताप्रतिकै विश्वासघात हो, जसले हामीसँग व्यक्तिगत जानकारी शेयर गर्दछन् ।

’ जुकरबर्गले फेसबुकमार्फत आफ्नो गल्ती स्वीकार गर्दै भविष्यमा त्यस्तो हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्, ‘तपाईँहरुको व्यक्तिगत जानकारीको सुरक्षाको प्रत्याभूति दिने हाम्रो उत्तरदायित्व हो । यदि हामीले त्यो गर्न सकेनौँ भने हामी सेवा दिन लायक रहँदैनौँ ।’

फेसबुकले सुरुमा कानुनी रुपमै शैक्षिक प्रयोजनका लागि एक जना प्राध्यापकले डाटा कलेक्सन गरेको  बताए । तर त्यसलाई पछि क्याम्ब््िरज एनालिटिकासहितका तेस्रो पक्षलाई उपलब्ध गराइएको फेसबुकले स्पष्ट पारेको छ । यो फेसबुकको नीति विपरीत भएको पनि जुकरबर्गले स्पष्ट पारेका छन् ।

फेसबुकमाथि गोपनियताको प्रश्न उठेपछि प्रयोगकर्ता र यसका लगानीकर्ताहरुले नै कानुनी उपचारको बाटो खोजिरहेका छन् । सन् २०१४ मा फेसुबुकले १९ अर्ब अमेरिकी डलरमा ह्वाट्सएप किनेको थियो । क्याम्ब्रिज एनालिटिका प्रकरणपछि ‘डिलेट फेसबुक’ मुभमेनट नै चलेको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले यस प्रकारको घटना दोहोरिन नदिनका लागि विभिन्न व्यवस्था गर्न लागेको बताए ।

  • कुनै पनि प्रकारको दुरुपयोग रोक्नका लागि डेभलपर्सको डाटा एक्सेसलाई सीमित गरिनेछ ।
  • यदि प्रयोगकर्ताले तीन महिनासम्म फेसबुक एप प्रयोग गरेनन् भने त्यसको डाटा एक्सेस डेभलपरबाट फिर्ता लिइनेछ ।
  • कुनै पनि एपमा साइन इन गर्ने समयमा प्रयोगकर्ताको तर्फबाट दिइने जानकारीमा नाम, प्रोफाइल फोटो तथा इमेल एड्रेसमा मात्रै पहुँच दिइनेछ ।
  • डेभलपर्सले यदि प्रयोगकर्ताको पोस्ट तथा व्यक्तिगत जानकारी हासिल गर्न चाहेमा पहिले नै अनुमति लिई सम्झौता पत्रमा हस्ताक्षर गर्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया