Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

हामी अध्ययन, रोजगारको निमित्त जापानमा परिश्रम गरिरहेका छैा । बिध्यार्थी, कुक, डिपेन्डेन्ट, प्रशिक्षार्थी कामदार, शरणार्थी अावेदक लगायत बिभिन्न भिषाका नेपालीहरू जापानका बिभिन्न शहरहरूमा छरिएर रहेका छाैं  । जुनसुकै भिषामा रहेर काम गरेपनि जापानमा नेपालीहरूले न्यूनतम नेपाली २ लाख रूपैयाँ तलव थापिरहेको पाउँछाैं । त्यसबाट कोठा भाडा, हेाकेन (बीमा), अन्य बिभिन्न करहरू, बिधार्थीहरूले बिध्यालयको फि तिरेर मासिक १ लाख बचत गरिरहका  हुन्छन् । तर जापानमा अधिकांश नेपालीहरूले जापान सरकारको नियम अनुसार बिभिन्न सेवा सुबिधा लिए बापत बुझाउनुपर्ने कर, भबिष्यमा आइपर्ने दुर्घटना, आकस्मिक बिरामी तथा स्वास्थ्य उपचारकेा लागि गरिने बीमा शुल्क भने नियमित रूपमा तिर्ने नगरेकेा पाइन्छ ।

काम नपाउँदासम्म पक्कै गाह्रेा हुन्छ तर काम पाएपछि जापानमा तलब राम्रै कमाउन सकिन्छ । तर हामी किन पैसा तिर्न हिच्किचाउँछैा ? आफ्नो भबिष्यको लागि हामी किन कन्जुस्याइ गर्न खेाज्छाैं ? हामी सबै नेपालीहरूलाइ प्रष्ट जानकारी छ जापानमा यी कुराहरू अनिवार्य नै तिर्नुपर्ने हुन्छ । अन्तमा एकमुष्ठ तिर्न मिलेपनि एक मुष्ठ रकमसंगै जरिवानासमेत तिर्नुपर्ने हुन्छ जापान सरकारले जापानी तथा बिदेशी जोसुकैलाई भएपनि कर र बीमा (होकेन) तिर्न सजिलो हेास् भनेर किस्ता किस्तामा बुझाउन मिल्ने बिल (सेइक्युस्येा ) बनाएर हरेक महिना अाफू बसेकेा केाठाकेा ठेगानामा पठाइदिएको हुन्छ । जुन बिल नजिकको कन्भिनियन्स स्टेारहरूमा गएर सजिलैसँग तिर्न मिल्छ । तर हामी नेपालीहरू यी अावश्यक बिलहरू तिर्न झन्झट मान्छैा । पाँच छ हजारकेा बिल तिर्न गाह्रेा मान्ने तर साथी भाइहरूसँग महँगेा महँगेा रेष्टुरेन्ट, बार, क्लव, देाहेारी साँझ, इजाकायामा मानको मान खर्च गरेर बेलुकीदेखि बिहान उज्यालेा हुँदासम्म रमाइलेा गरिरहेका हुन्छैा । बिशेष राजधानी टोकियो अासपासमा नेपाली युवाहरू रातकेा समय ट्रेन स्टेशनहरूमा मदिरासेवन गरेर हेाहल्ला गर्ने, अपशब्दहरू प्रयेाग गर्ने गरेकेा पाइन्छ । पछिल्लेा समय राजधानी टोकियो अासपासमा नेपालीहरूलाई जापान प्रहरीले बिशेष निगारानी गर्दे अाइरहेको समाचारहरू हामीले सुन्दै र पढ्दै आइरहेका छाैं । यस्ता गलत ब्यबहारले जापान सरकारले नेपालीहरूप्रति हेर्ने दृष्टिकोण नकरात्मक बन्दै गइरहेकेा छ ।

बिध्यार्थी तथा डिपेन्डेन्टहरूलाई साताकेा २८ घण्टा काम गर्न पाउने नियम भएपनि अघेाषित रूपमा २८ घण्टाभन्दा बढी नै काम गर्न दिइरहको छ तर आजभेालि काममा पनि कडाई गर्न थालिएकेा छ । यो समस्याको चपेटामा बिशेषगरी बिध्यार्थीहरू परेका छन् । पूर्व साबधानी र दुरदर्शिता नअपनाउने जव अाकस्मिक बिरामी हुन्छ अथवा काम भिषामा समस्या आउँछ तव नेपाली समुदायहरूमा हारगुहार गर्ने, आर्थिक सहयेागको लागि सामाजिक संजालमार्फत अनुरेाध गर्ने प्रचलन बढेकेा छ । जापान सरकारले समयमा बीमा (होकेन) तथा करहरू तिरेमा उपचारकेा लागि लाग्ने लाखाैं रकममा भारी छुट पाउने ब्यबस्था मिलाएको छ । नियम लाई राम्ररी पालना गरेमा कोही कसैसंग हारगुहार र सहयेाग माग्नुपर्दैन । मैले बिषय विज्ञ भएर हेाइन जापान बसाइकेा अनुभव यहाँहरू माझ शेयर गरेकेा मात्र हुँ । हामी नेपालीहरू बिशेषगरी जापान अाउनुकेा उदेश्य एउटै छ । जापान अाएर पनि एउटै समस्या भेागिरहेका छाैं । भैागेालिक रूपमा अभिभावक तथा परिवारबाट टाढा छाैं तर हामी अाफ्ना परिबारलाई खुशी पार्न परदेशकाे भूमिमा परिश्रम गरिरहेका छाैं । अत हामीले लामो समयसम्म स्वास्थ्य भएर काम गर्न स्वास्थ्यलाई हेलचेक्राई कदापि नगराैं नेामिखाई र ताबेखाईमा सहभागी हुनु हुँदैन भन्न खेाजिएको पक्कै हेाइन भबिष्यमा अाईपर्ने समस्यालाई अहिलेदेखि नै बिचार गर्नुहेास अनावश्यक खर्च र क्षणिककेा रमाइलोको लगि गरिने यस्ता कृयाकलापले भबिष्यमा गएर हामी कोही कसै पछुताउन नपरेास  ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया