काठमाडौं – टुँडिखेलमा भेला भएका हजारौं नेपालीले आज एकसाथ गौतम बुद्धको वचन ‘धम्मपद’ वाचन गरेका छन् । आयोजकका अनुसार ७५ हजारको संख्यामा उपस्थितहरुले धम्पपद वाचन गरेका हुन् ।
गिनिज बुकमा रेकर्ड राख्न कार्यक्रम आयोजना गरिएको विश्व कीर्तिमानी परिषद् नेपालले जनाएको छ । बुद्ध वचन धम्मपदमा रहेका मध्ये २५ बुँदालाई सहभागीहरुले वाचन गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता सुवास नेम्वाङ, सञ्चारकर्मी रवि लामिचाने, मिस नेपाल सुगरिका केसी लगायतका कलाकर्मीसमेत सहभागी हुनुहन्थ्यो ।
कार्यक्रममा कलाकार धिरज राईले विदेशमा भएका नेपालीहबाट आफ्नो खातामा जम्मा भएको ४ लाख रुपैयाँ आयोजकलाई बुझाएका छन् । कार्यक्रममार्फत बुद्ध नेपालमै रहेको भन्ने सन्देश पनि दिन खोजिएको आयोजकको भनाइ छ ।
तस्बिरः नवीन पौडेल, रासस