Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – खेती जोगाउन राम्रोसँग मलजल गरेकोदेखि चरामुसाले नखाऊन् भनेर बुख्याचा राखेको त देखिआएकै हो । तर, खेती जोगाउन अभिनेत्रीको बिकिनी फोटो खेतमा राखिएको खबर पक्कै अनौठो लाग्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

खबर भारतको आन्ध्र प्रदेशको हो । निलोरे जिल्लाको पिल्ले गाउँका एक किसानले पूर्वपोर्नस्टारसमेत रहेकी भारतकी हट अभिनेत्री सनी लियोनको पोस्टर राखेका छन् । बिकिनी लगाएकी सनीको पोस्टर खेतमा राख्नुको कारण केवल खेती जोगाउने उपाय भएको किसान छेन्चु रेड्डीले जनाएका छन् ।

उनको खेतमा काउली र बन्दालगायत तरकारी छन् । उक्त गाउँमा नमुना किसानका रूपमा चिनिएका छेन्चुको कामको अरूले डाहा गर्न थाले । उनको लहलहाएको तरकारी खेतीमा दुनियाँले आँखा लगाउन थाले । अरूले नराम्रो दृष्टिले आँखा लगाउँदा खेती बिग्रिने विश्वास यो गाउँमा व्याप्त छ।

त्यसैले अरूको खराब दृष्टिबाट खेती जोगाउन छिन्चुले सनीको कामुक पोस्टर खेतमै राखिदिने जुक्ति निकाले । छेन्चुले सनीको पोस्टरमा तेलेगु भाषामा लेखेका छन्, ‘ए ! ममाथि आरिस नगर ।’ अहिले दुनियाँको आँखा तरकारी खेतीभन्दा सनीको तस्बिरमा पर्न थालेको उनले बताए ।

अरूले रिसको भावनाले खेतीबालीमा हेर्दा अन्न तथा तरकारी कुहिने मान्यता राख्ने छेन्चुलाई यसपटक भने बाली राम्रो भएकोमा सन्तोष लागेको छ ।

तपाईको प्रतिक्रिया