Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – महिलाबीच हुने सुन्दरी प्रतियोगिताको उपाधि कुनै पुरुषले जित्न सक्ला ? यो मनगढन्ते जस्तो लाग्नसक्छ ।

तर २२ वर्षका एक फेसन मोडेल कजाकिस्तानमा भएको मिस भर्चुअल कजाकिस्तान नामक सुन्दरी प्रतियोगिताको फाइनल राउन्डमा पुगे । वास्तविक नाम इले डियागिलेभ भएका अरिया अलियेवा मिस भर्चुअल कजाकिस्तानका लागि भैरहेको अनलाइन प्रतियोगिताको फाइनलमा पुगेका हुन् । उनको तस्वीरमा अनलाइनमार्फत् २ हजार भन्दा धेरै भोट प्राप्त भयो । त्यसपछि उनलाई मिस भर्चुअल शमकन्द घोषणा गरियो । शमकन्द दक्षिणी कजाकिस्तानको एक प्रान्त हो ।

तर विडम्बना । अलियेवाको त्यो खुसी धेरैबेर टिकेन । किनकी आयोजकले आफ्नोबारेमा गलत जानकारी दिएको भन्दै उनलाई अयोग्य घोषित गरे । उनी अयोग्य भएसँगै मिस शमकन्दको उपाधि इकेरिम तमिरखानोभालाई दिइएको छ र उनैले राष्ट्रिय प्रतियोगिताको फाइनलमा भिड्नेछिन् । उनलाई १९ सय ७५ भोट प्राप्त भएको थियो । क्षेत्रीय उपाधि जित्दै राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको दुई दिनपछि इले डियागिलेभले आफु महिला नभएको र अरिना अलियेभा आफ्नो नाम नभएर आफ्नो टिमको परियोजना भएको खुलासा गरेका थिए ।

धेरै महिलाहरुले सुन्दर देखिनु नै सबैभन्दा ठूलो काम हुने भन्दै घमण्ड गर्ने गरेको हुँदा आफुले पुरुषहरु पनि महिला भन्दा कम सुन्दर हुँदैनन् भन्ने प्रमाणि गर्नका लागि महिला भएको नाटक गरेको बताएका छन् । उनी १७ वर्षको उमेरदेखि फेसन जगतमा रहँदै आएका छन् र मोडलको रुपमा रहेका छन् । उनले मेकअपको माध्यमबाट आफ्नो अनुहार र जिउडाललाई पूरै महिलाको जस्तो बनाउन सक्दछन् ।

उनले एकजना मेकअप आर्टिस्ट तथा हेयर स्टाइलिस्टको सहयोग लिएर आफुलाई सुन्दर महिलाको स्वरुपमा ढाले अनि त्यो तस्वीर खिचेर आफुलाई अरिनाको रुपमा प्रस्तुत गरी भर्चुअल मिस कजाकिस्तानको अनलाइन प्रतियोगितामा सहभागी गराए । त्यसो गर्दा समेत आफु फाइनलसम्म पुगेकोमा उनलाई निकै आश्चर्य लागेको छ । –बीबीसी

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया