Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

नेपालमा सबैभन्दा सजिलोसँग पाइने पदवी कुन हाे भनेर सोध्ने हाे भने जाे काेहीले पनि सहजै यसकाे जवाफ दिन सक्छन् । त्यो हाे सहिदकाे मान पदबी अनि १० लाख रकम सहयोग ।अहिले देशमा सहिद सप्ताह शुरूवात भएको छ अहिले गाउँ गाउँमा शहर शहरमा जतासुकै सहिद सप्ताह मनाउन भ्याइनभ्याई छ नेपाल पनि दिनहुँ एउटा न एउटा दिबस परि राखेको हुन्छ हामी नेपालीले मनाउने दिबस मध्य सहिद दिबस एउटा महत्त्वपूर्ण दिबसकाे रूपमा मनाउने गरिन्छ अहिले त सहिद सप्ताह नै भए पछि कुरा बेग्लै छ साच्चै सहिदको परिभाषा के हाे सहिद भन्नाले के लाई जनाउछ किन सहिद भनिन्छ भन्ने बारे सरकार लाई थाहा नभएको हाे कि ?

राजेशचन्द्र राजभण्डारी बागलुङ

सरकारले धमाधम सरकारी निकायमा नियुक्ति सरूवा बढुवा गरे जस्तो गरि एकैपटक ३ दर्जन नेपाली जनताका छाेराछाेरीलाई सहिद घाेषणा गरेर ठुलो बहादुरीकाे काम गरेको छ यस्तो कामकाे लागि अहिलेकाे काम चलाउ देउवा सरकारलाई धेरै धेरै धन्यवाद दिनुपर्छ । अहिले धर्मभक्त माथेमा गंगालाल दशरथचन्द्र र शुक्रराज शास्त्रीलाई नेपाली जनताले देश जनता र परिवर्तनकाे लागि हाँसी हाँसी छातिमा गाेली थापेर मृत्यु बरन गर्नेलाई अहिलेसम्म तन मन देखि सहिद मान्दै अाएकाे छन् । साच्चै नेपाली जनताले अरूलाई सहिद भनेर पनि चिनेका छैनन् ।अहिले देशमा कतिजना सहिद छन् भनेर शाेध्ने हाे भने यो प्रश्नको जवाफ समेत सरकार संग छैन न त गतिलो तथ्यांक नै छ ।
अहिले त सहिद घाेषणा गर्ने हाेडबाजी नै चलेको छ अहिले सरकारबाट बाहिर निस्कने बेलामा नेपाली काङ्ग्रेसका अध्यक्ष एंव प्रधानमन्त्री देउवाले एकसाथ चितवनको बादरमुढे घटनामा परेकालाई अहिले सहिद घाेषणा गरेर देखाइ दिनुभएको छ ।साच्चै यो घटनामा परेर मृत्यु हुनुलाई कसैले पनि राम्रो मानेका छैनन् । जनयुद्धको समयमा जुन खालको दुखद घटना घटे यसलाई अझै सम्मपनि राम्रो मानिएको छैन तर त्यसको मतलब अहिले सरकारले ति घटनामा परेकालाई सहिद घाेषणा गरेर अर्को गलत कामगरेकाे स्पष्ट हुन्छ ।

हामीले प्रत्येक बर्ष माघ १६ गते सहिद दिबस मनाउन गैरहेका छाै । राजधानी देखि बाहिर जतासुकै तर हामीले अहिले के भनेर चित्त बुझाउने न त भनेर साध्य छ न त अहिले नेपाली जनतालाई बुझाउन नै सकिन्छ ।अहिले साच्चै भन्ने हाे भने सहिद दिबस पनि कर्मकाण्डे साबित हुदै गैरहेकाे छ ।अाखिर किन के काे लागि मनाउने हामीले सहिद दिबस हजारौं हजार सहिद घाेषणा भएको देशमा कसलाई कसरी कुन रूपमा सहिद मान्ने अनि कसरी दिबस मनाउने भन्ने नै अन्याैल छाएको छ ।अहिले सरकारले ७ प्रदेश र राजधानी ताेके जसरी नेपाल सरकारले घाेषणा गरेका सहिदलाई प्रदेश महानगरपालिका नगरपालिका र गाउँपालिका अनि सकिन्छ भने वडा समेछ छुट्टाउन जरुरी देखिन्छ यस्तो काम गरेमा सबैलाई सहज हुने देखिन्छ । राणा शासनको बिरूद्द लडाइँमा हाेमिएका सहिदलाई सहिद दिबस मनाएर  यतिबेला सम्मान हैन झन ठूलो अपमान भएको छ । जेसुकै बिषय र घटनामा परेकालाई सहिद घाेषणा गर्ने परिपाटी भएको कारणले पनि अहिले जथाभावी रूपमा  सरकारले सहिद घाेषणा गरेर १० भन्दाबढी रकम दिने काम गरेको छ । यसले समाजमा सकारात्मक भन्दापनि नकारात्मक असर पुर्‍याउने गरेको छ । के सहिद भनेको दर्जन दर्जन एकैपटक घाेषणा गर्ने बिषय हाे कि हैन मधेसी सहिद पहाडी सहिद जनयुद्धका सहिद सरकारी सहिद कर्मचारी सहिद ठेकेदार सहिद गुण्डा सहिद अनेक थरि सहिद न त भनेर सकिन्छ । न त गनेर नै यस्तो अबस्थामा पुगेपछि हामीलाई सहिदको खाचाे हुने कुरापनि भएन यसरी मनपरि ढंगले जुन सहिद घाेषणा गर्दै सरकारी ढिकुटीकाे रकम बाड्ने काम हुदैछ । अहिले सरकारमा भएका शक्तिबाट यसलाई राेक्न जरुरी छ । साच्चै सहिद भनेकाे त्यति सजिलोसँग भइने मान पदबी हैन यसलाई हलुका रूपमा अहिले जसरी लिने गरिएको छ यसले भविष्यमा  झन जतिल समस्या ल्याउने देखिन्छ ।
संसारमा अरूलाई अपमान गरेजस्तो हैन, सहिद लाई साच्चै यस्तो मनपरि ढंगले सरकारी निकायबाट  सहिद घाेषणा गरिन्छ भन्ने थाहा पाएकाे भए सायद धर्मभक्त, गंगालाल दशरथचन्द्र, शुक्रराजले राणा शासनको बिराेधमा अाफुलाइ उभ्याउने पनि थिएनन् हाेला अहिले सरकारले गरेको तमासा हेरेर बस्ने इच्छा पनि राख्ने थिएनन् । साच्चै भन्ने हाे भने माघ १६ गते हुने सहिद दिबस मनाउन र सार्वजनिक बिदा पनि स्विकारने थिएनन् । अहिले त कहि केही झगडामा कसैकाे मृत्यु भयो भने पहिलो माग भनेकाे मृतकलाई सहिद घाेषणा अनि २० लाख  क्षतिपूर्तिकाे माग अनि सबैभन्दा सजिलोसँग कुरा मिल्नेपनी यहीँ कुरामा समस्या सजिलोसँग सल्टिने पनि यति हलुका रूपमा सहिदलाई राखेपछि देशभर सहिदको कमि नै छैन । साच्चै भन्ने हाे भने देशमा अहिले सामन्ती राजतन्त्र पनि छैन देश गणतन्त्रमा प्रबेश गरेको पनि १० बर्ष पुग्न लागि सक्यो हाम्रो मानसिकता नै सामन्ती छ । हामी अाफै परिवर्तन हुन सकेका छैनाै अनि के काे प्रजातन्त्र के काे लाेकतन्त्र अनि के काे गणतन्त्र जुनसुकै तन्त्र अाएपनि केही हुनेवाला केही पनि छैन ।

अहिले जुन किसमकाे राजनीति नेपालमा चलिरहेको छ यसरी नै हामी अघि बढ्दै जाने हाे हाम्रो भबिस्य पनि छैन हाम्रो सन्ततिकाे भबिस्य पनि धरापमा पर्ने निश्चित देखिन्छ । साच्चै हामीले बर्षमा एकदिन माघ १६ गते सहिद दिबस जुन उत्साह उमंग साथ मनाउने चलन थियो । अहिले भने खाली अाैपचारिकतामा सिमित हुदै जान थालेको छ । साच्चै अहिले जे जसरी सहिद घाेषणा गरिएका छन् । त्यसलाई खारेज गरेर वास्तविक छानबिन गरेर मात्रै यो बारे नयाँ अबधारणा बनाउन जरुरी देखिन्छ ।
हैन भने नेपालमा जसरी मरे पनि त्यसलाई सहिद घाेषणा र २० लाख दिने गर्नु राम्रो हुने देखिन्छ ? हैन भने यस्तो नाैटंकी गर्ने काम बन्द गर्नुपर्छ ।कतै अझै पनि सहिद घाेषणामा तपाईंको नाम छुट्याे कि सरकारलाइ दिनुस् कतै नमर्दै सरकारले सहिद घाेषणा गरिहाल्छ कि ? अन्तमा जसले साच्चै याे देशकाे लागि नेपाली जनताको लागि साच्चै परिवर्तनको लागि बलिदानी दिएर  सहिद भए सच्चा सहिदप्रति  हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया