Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – अनुसन्धानकर्ताले पहिलो पटक ‘डली’ भेडा जन्माउन प्रयोग गरेको क्लोनिङ प्रविधिलाई स्वस्थ बाँदर उत्पादनमा प्रयोग गरेका छन् । विज्ञानका लागि यसले मानवमा पनि समान विधि प्रयोग गर्न सकिनेतर्फ महत्वपूर्ण कदम मानिएको छ ।

सन् १९९६ मा डलीको जन्मेदेखि वैज्ञानिकहरूले कुकुर, बिरालो, सुंगुर, गाई र घोडालगायत करिब दुई दर्जन स्तनपायीको क्लोन गरिसकेका छन् । यस विधिबाट मानव भ्रुण पनि निर्माण गरिसकेका छन् । तर अहिलेसम्म उनीहरू बाँदर, एप्स र मानव वर्गमा यो विधिबाट शिशु विकास गर्न समर्थ भएका थिएनन् । ‘प्राइमेट प्रजातिको क्लोनिङमा रहेको व्यवधान हटेको छ।’ -सांघाइ स्थित चाइनिज एकेडमी अफ साइन्सका ममिङ पुले घोषणा गरे ।

जर्नल सेलमा प्रकाशित शोधमा उनी र उनका सहकर्मीले दुईवटा माकाक्वी सफलतापूर्वक विकास गर्न सकेको घोषणा गरेका छन् । दुई पोथी शिशु बाँदर ७ र ८ हप्ताका भइसकेको र उनीहरूको नाम जोङ जोङ र हुवा हुवा राखिएको जनाइएको छ । यस विधिले मानव क्लानिङ सैद्धान्तिकरूपमा सम्भव हुने देखिएको पुले बताए । तर आफ्नो टोलीले त्यस्तो गर्ने कुनै मनसाय नबनाएको उनले बताए ।

मूलधारमा रहेका वैज्ञानिकहरूले मानव शिशु क्लोनको विरोध गरिरहेका छन् । समाजले नैतिक सिद्धान्तका कारण यसमाथि प्रतिबन्ध लगाएको पु बताउँछन् । उनले चिकित्सकीय अनुसन्धानका लागि धरै संख्यामा वंशाणुगत समान बाँदर उत्पादन गर्ने उद्देश्य रहेको बताए। उनीहरू प्रयोगशालामा बनाइने अन्य जनावर मुसा वा छुचुन्द्रोभन्दा मानवसँग धेरै मिल्ने भएकाले विशेष मूल्यवान् हुने बताए ।

यो प्रक्रिया अझै पनि धरै कमजोर रहेको छ । दुईवटा शिशु बाँदरका लागि १ सय २७ अन्डाको प्रयोग भएको थियो । अहिलेसम्म यसमा एउटा बाँदरको भ्रुणको प्रयोग भएको छ । वैज्ञानिकहरू एउटा वयस्क बाँदरबाट स्वस्थ बच्चा उत्पादन गर्न असफल नै भएका छन्। तर उनीहरू यसका लागि प्रयासरत छन् र केही गर्भको नतिजाको पर्खाइमा छन् । –एजेन्सी 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया