Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

काठमाडाैं – दाङकी ममता बस्नेतले सन्तानको वियोगमा तड्पिएका हजारौं बाबुआमाको पीडा बोल्ने गीत गाएकी छिन् । १३ वर्षिया बस्नेतले सन्तानको तिरस्कार सहँदै बसेका बाबुआमाको पीडा बोल्ने गीत गाएकी हुन् ।
सानैदेखि गायनमा रुचि राख्दै आएकी बस्नेतले सन्तानलाई सम्झिदै दिन रात बिताउने बुबाआमाको बेदना गीतमा पोखेकी छिन् ।

तिम्रा लागि म त सधैँ सबै सामु झुकेँ

हुर्काउँदा, बढाउँदा भन कहाँ चुकेँ ।
तिमी हाँस्दा हाँसिदिएँ रुँदा रोइदिएँ
तोतेबोली सम्झी तिम्रो बचन छल्दै लुकेँ ।

आफूलाई भन्दा पनि बढी माया गर्ने सन्तानले चटक्कै छोडी दिँदाको अवस्थालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गर्दै बस्नेतले बाबुआमाको हेरचाहमा लाग्न सन्तानहरुलाई आग्रह गरेकी छिन् । सन्तानका हरेक गल्ती कमजोरीहरु सजिलै भुल्ने बुबाआमाहरुलाई बृद्धाश्रममा अलपत्र छाडेर जाने सन्तानहरुलाई लक्षित गर्दै गायिका बस्नेतले आफूलाई जन्माउने, हुर्काउने, बढाउने आमाबाबुलाई उच्च सम्मानका साथ बाँच्न दिने अवस्थाको सिर्जना हरेक सन्तानहरुले गर्नुपर्ने सन्देश दिएकी छिन् ।

माया ममता बिर्सिएर कसरी छाडी गयौ 
मन्दिरमा बिन्ति चढाई तिम्रै बाटो ढुकेँ ।

एकनारायण चापागाईँको शब्द र विपिन घिमिरेको संगीत रहेको गीतलाई ममताको स्वरले उत्कृष्टता प्रदान मात्र गरेको छैन–हजारौं बाबुआमाको मन छुन सफल भएको छ । एकुष्टिक रेकर्डिङ सेन्टरमा रेकर्ड गरिएको गीतलाई देवेन्द्र नेवाले एरेन्ज गरेका छन् । देवराज आचार्यले छायांकन र मनोज कार्कीले सम्पादन गरेको गीत म्यूजिक नेपालले बजारमा ल्याएको छ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया