Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – निद्रा लाग्नका लागि तपाईंले आफ्नो विगतलाई सम्झन सक्नुहुन्छ । सुत्ने समय त्यस्ता पुराना दिनको याद गर्न सक्नुहुन्छ, जसले तपाईंलाई रोमाञ्चित बनाउँछ । बाल्यकालका घटनाहरू पनि सम्झन सक्नुहुन्छ । यसो गर्दा आफू स्वप्न दुनियाँमा सयर गरेजस्तो लाग्छ । जुन सुखद निद्राको कारक बन्न सक्छ ।

निद्रा नपर्नुको कारण असुविधाजनक ओछ्यान पनि हुन सक्छ । असुविधाजनक ओछ्यानले शरीर दुख्ने समस्या पनि सिर्जना गर्न सक्छ । त्यसैले सुविधाजनक ओछ्यान बनाएर सुत्ने गरेमा गहिरो निद्रा पर्नुका साथै शरीरको दुखाइ पनि कम हुन सक्छ ।

निद्राका लागि कोठाको वातावरण शान्त रहन पनि जरुरी हुन्छ । त्यसका लागि तपाईंले बेडरुममा भएका सेलफोन, कम्प्युटर, ट्याब्लेड, टिभीका स्क्रिनबाट निस्कने लाइट बन्द गर्न सक्नुहुन्छ ।

यदि तपाईंलाई सडकको हल्ला, सवारीसाधनको आवाजले बाधा पुर्‍याउने गरेको छ भने यसको विकल्पबारे पनि सोच्न सक्नुहुन्छ । यस्ता समस्याबाट छुटकारा पाउनका लागि सुत्ने समय आफूलाई मन पर्ने म्युजिक सुन्न सक्नुहुन्छ । जसले तपाईंलाई आराम प्रदान गर्नुका साथै निदाउन सहयोग पुग्छ ।

यदि प्रत्येक रात निद्राका लागि संघर्ष गर्न बाध्य हुनुहुन्छ भने एउटा काम गर्न सक्नुहुन्छ । ओछ्यान पुग्नुभन्दा पहिले चेरीको जुस पिउने गरेमा निद्रा लाग्न सक्छ । विभिन्न अनुसन्धानले भनेको छ कि चेरीमा मेलाटोनिक तत्व हुन्छ, जसले मानिसलाई निदाउन मद्दत गर्छ ।

कतिपयलाई विभिन्न एलर्जीका कारण पनि निद्रामा बाधा उत्पन्न गर्छ । कहिलेकाहीँ गर्मी वा अन्य वातावरणीय कारणले पनि निद्रा नलाग्न सक्छ । यदि यस्तो हो भने कागती काटेर ओछ्यानको छेउमा राख्न सक्नुहुन्छ । यसो गर्दा कोठालाई सुगन्धयुक्त बनाउनुका साथै स्वस्थ श्वासप्रश्वासका लागि पनि भूमिका खेल्छ । जसले आरामदायी निद्रा लाग्न  सहयोग पुर्‍याउँछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया