Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – नेकपा एमाले र माओबादी केन्द्र बीच नेपालमा पार्टी एकताको बहस उत्कर्षमा पुगिरहेको बेला जापानमा रहेका तिनका भ्रात्तृसंगठनहरुले संयुक्तरुपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेका छन् ।
एमालेको भ्रात्तृसंस्था प्रवासी नेपाली मञ्च र माओबादी केन्द्रको भ्रात्तृसंस्था नेपाली जनप्रगतिशील मञ्चले सोमवार टोकियोमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले देशविदेशमा रहेका नेपालीहरुको तिब्र आकाँक्षा र साझा चिन्ता देशको समृद्धि रहेको धारणा ब्यक्त गर्नुभयो । प्रमुख अतिथिको आसनबाट बोल्दै अर्यालले संबिधान निर्माण, तिनैतहको निर्वाचन लगायतका महत्वपूर्ण कार्यभारहरु दलहरुबीचको एकता र सहमतीबाटै संभव भएकोले प्रमुख दलहरुबीचको एकताले मुलुकलाई राजनैतिक स्थिरता र समृद्धिको दिशामा अगाडि बढाउने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले अब राजनैतिक संक्रमण समाप्त भईसकेकोले जापानीहरुलाई नेपालमा लगानी गर्नका लागि आ-आफ्नो ठाउँबाट सबैले अपील गरिनुपर्नेमा जोड दिनुभयो ।

’आजको आवश्यकता बिकास र समृद्धिका लागि वाम एकता’ भन्ने मुल नारा रहेको सो कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले पार्टी एकता गर्ने प्रतिबद्धतासहित चुनावी गठबन्धन गरेका दुई ठुला पार्टीलाई नेपाली जनताले पार्टी एकता गरी ५ वर्षसम्म स्थिर सरकार चलाउन र मुलुकलाई बिकास र समृद्धि प्रदान गर्न निर्वाचन मार्फत जनादेश दिईसकेकोले यसबाट दायाँबायाँ नगर्न शीर्ष नेताहरुलाई आग्रह गरे ।

नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताहरुमा प्रवासी नेपाली मञ्चका अध्यक्ष महेन्द्र श्रेष्ठ, एनआरएन आइसीसी सदस्य ओम गुरुङ, नेपाली जनसम्पर्क समितिका अध्यक्ष रोशन केसी, एनआरएन जापानका कार्यबाहक अध्यक्ष देवीलाल भण्डारी, नयाँ शक्ति पार्टी नेपाल निकट अन्तर्राष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष पदम ठगुन्ना, नेकपा माओबादी (विप्लव) निकट नेपाली जनप्रगतिशील समाज जापानका अध्यक्ष दिनेश शाही, प्रवासी मञ्चका सल्लाहकारद्वय शालिकराम भण्डारी र राजकुमार पण्डित, जनप्रगतिशील मञ्चका सल्लाहकार बेलु थापा, पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले लगायतका हुनुहुन्थ्यो ।

सभापतिको आसनबाट बोल्दै जनप्रगतिशील मञ्चका अध्यक्ष हवलचन्द्र लामाले नेपाली जनताले दिएको नयाँ जनादेशसंगै मुलुक नयाँ युगमा प्रवेश गरेको बताउनुभयो । उहाँले बाम एकताका लागि शीर्ष नेताद्वय केपी ओली र प्रचण्डको ऐतिहासिक पहलकदमीको स्वागत गर्दै जनताको जनादेशको सम्मान गर्न नेताद्वयलाई आग्रह गर्नुभयो । उहाँले शीर्ष नेताहरुलाई दबाब र खबरदारीका लागि पनि उक्त कार्यक्रम गरिएको बताउनुभयो ।

कार्यक्रममा जनप्रगतिशील मञ्चका उपमहासचिव बाबुराम पौडेलको स्वागत मन्तब्य रहेको थियो ।
कार्यक्रममा जनगायक तथा वरिष्ठ संगीतकार चेतन सापकोटाले आफ्ना गीत संगीतमार्फत बाम एकताबाट मात्र मुलुकको समृद्धि संभव रहेकोले आ-आफ्नो ठाउँबाट सबैको दबाब आवश्यक रहेको आशय ब्यक्त गर्नुभयो ।

प्रवासी नेपाली मञ्चका महासचिव सुरेश केसीको सञ्चालनमा भएको सो कार्यक्रमको प्रारम्भ राष्ट्रगानबाट गरिएको थियो भने ज्ञात अज्ञात सहिदहरुको सम्मानमा १ मिनेट मौनधारण पनि गरिएको थियो ।

कार्यक्रममा दुवै संगठनबीच एकता भएको घोषणा समेत गरिने अपेक्षा गरिएको भए पनि प्राविधिक कारणवश अझै केही समय लाग्ने जानकारी गराईएको थियो । दुवै भ्रात्तृसंस्थाबीच समन्वय कायम गर्दै एकताको लागि गृहकार्य गर्न दुवै संस्थाका प्रतिनिधिहरु सम्मिलित एक कार्यदल गठन गरि कार्यसम्पादन भईरहेको बुझिएको छ ।***

 

केही झलकहरु भिडियोमा :
https://www.facebook.com/samudrapari/videos/1898463393514706/

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया