Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – खसीको खुट्टाको सुप चिसोमा निकै रुचाइने रेसिपी हो । राम्रोसँग बनाएर खाँदा यसले शरीरको चिसो फाल्छ । सुपको रूपमा त्यसै खाने चलन भए पनि यसलाई खानासँग समेत खान सकिन्छ । घरमै सजिलै बनाउन सकिने यो परिकार बूढाबूढी तथा बिरामीका लागि पनि उपयोगी हुन्छ :

शम्भु कार्की
मेन सेफ, पानस
रेस्टुरेन्ट, खिचापोखरी

आवश्यक सामग्री/प्रतिव्यक्ति

-पिस बनाइएको एउटा खसीको खुट्टा ।
-थिचेको अदुवा २० ग्राम ।
-थिचेको लसुन ३० ग्राम ।
-थिचेको हरियो खुर्सानी दुई पिस ।
-छाँटा मुगी १०० ग्राम ।
-नुन स्वादअनुसार ।
एक चिम्टी ज्वानो ।
-ठूलो एक चम्चा बटर ।
-पानी एक बाउल ।

पकाउने तरिका

आगोमा कुकर बसाल्नुहोस् र बटर राख्नुहोस् । बटर हल्का तातेपछि ज्वानो पड्काउनुहोस् । खसीको खुट्टा राख्नुहोस् र भुट्नुहोस् । थिचेर तयार पारेको लसुन, अदुवा र खुर्सानी पनि हाल्नुहोस् र भुट्नुहोस् । तत्कालै मुगीको दाल पनि राखेर सँगै भुट्नुहोस् । दुई–तीन मिनेट भुटेपछि एक बाउल पानी राख्नुहोस् । स्वादअनुसार नुन राखिदिनुहोस् । अरू कुनै मसला खासै आवश्यक पर्दैन । अब कुकरको बिर्को बन्द गरेर तीन–चार सिट्ठी लगाइदिनुहोस् । आगो बन्द गरेपछि एकछिनसम्म रहन दिनुहोस् । अब खसीको खुट्टाको सुप खानका लागि तयार भयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया