Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – मेवा खाँदा स्वादिष्ट मात्र होइन यसको समुचित उपयोगले हाम्रो स्वास्थ्यलाई पनि फाइदा दिन्छ भन्ने कुरा नयाँ होइन । मेवाको प्रयोग छालासँग सम्बन्धित समस्या हटाउनका लागि सदियौँदेखि उपयोग गर्ने गरिएको छ ।

– मेवा हाम्रो स्वास्थ्यका लागि निकै फलदायी फल हो । मेवाको प्रयोगले अनुहारको सुन्दरता निखार्न सकिन्छ । यसले हाम्रो अनुहारको रंगलाई निखार्नुका साथसाथै छालाको समस्यालाई पनि हटाउँछ ।

–    बढ्दो उमेरसँगै हाम्रो अनुहारमा पर्ने चाउरी र कालो धब्बा (डार्क सर्कल) आउन थाल्छ । मेवाको प्रयोगले यस्ता समस्याबाट केही हदसम्म मुक्ति पाउन सकिन्छ । मेवामा भएको भिटामिन सी, भिटामिन ई र एन्टी अक्सिडेन्टले अनुहारलाई चाउरिनबाट बचाउँछ ।

–    अनुहारमा रहेको कालो दाग हटाउनका लागि मेवा र टमाटरको लेप बनाएर अनुहारमा लगाउन सकिन्छ । अनुहारमा लेप सुकेपछि त्यो प्रक्रिया फेरि तीन–चारपटक दोहोर्याउनु पर्छ, त्यसपछि चिसो पानीले मुख सफा गर्नुपर्छ ।

–    मेवालाई स्क्रब बनाएर अनुहारमा लगायो भने अनुहारको दाग कम हुन्छ । यसले अनुहारको रङ पनि निखारेर गोरो बनाउँछ । मेवालाई म्यास गरेर अनुहारमा लगाउने र ५ मिनेटपछि सफा पानीले मुख सफा गर्नुपर्छ ।

–    मेवाको फेस प्याक सबै उमेरका मानिसका लागि उपयोगी हुन्छ । आधा कप मेवा र दूधको लेप बनाएर अनुहारमा लगाएर केहीबेर सुख्खा राख्न दिएर सफा पानीले मुख सफा गर्नुपर्छ । यसले सन बर्नको समस्याबाट जोगाउँछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया