Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – लक्ष्य पूरा गर्न अहोरात्र लाग्दा सधैँ सफलता मिल्दैन । असफल हुँदा बेखुसी हुने आम बानी हुन्छ । त्यसैले त अधिकांश व्यक्ति नकारात्मक सोचको चक्करमा फसिरहन्छन् । नकारात्मक सोच मानसिक र शारीरिक स्वास्थ्यका लागि हानिकारक छ । अब, खुसी हुने कला सिक्नुहोस् :

-‘सोचाइ, परिवेश, वातावरणअनुसार सोच्ने तरिका फरक–फरक हुन्छन् । सोचाइअनुसार नै जिन्दगी जिउने बानीको विकास हुन्छ । त्यसैले, सकेसम्म सकारात्मक मात्र सोच्ने बानी बसाल्नुुपर्छ । नकारात्मक सोचाइ आइहाले पनि तुरुन्त सकारात्मक शब्दले भर्नु राम्रो हुन्छ । किनभने, हामी एउटै सोच जति दोहो¥याउँछौँ, त्यो त्यति नै गहिरो रूपमा हाम्रो मस्तिष्कमा बस्छ ।

– मनमा कहिले राम्रा त कहिले नराम्रा विचार आउनु स्वाभाविक हो । विचार, भावना मनमा जस्तो आउँछ, हामी त्यस्तै खालको व्यवहार प्रस्तुत गर्छौं । त्यसैले, कस्तो वातावरण, कस्तो अवस्था हो, विश्लेषण गरेर मात्र व्यवहार गर्न जरुरी हुन्छ । विचारलाई राम्रोस“ग निरीक्षण गर्दै विवेकपूर्वक निर्णय गरेर मात्र व्यवहारमा उतार्नुपर्छ ।

विपुला श्रेष्ठ, मनोपरामर्शदाता

– हिजोआज ‘प्रेम’ शब्द धेरै नै प्रयोग गरिन्छ । प्रेमका नाममा धेरै पीडा पाएको पनि सुन्न पाइन्छ । हामीले प्रेम सबैभन्दा पहिला आफैँलाई गर्नुपर्छ । यसो भन्दा स्वार्थीजस्तो पनि लाग्न सक्छ । वास्तवमा प्रेम सबैभन्दा पहिला आफूलाई नै गर्नुपर्छ । जसले आफूलाई प्रेम गर्दैन, अरूलाई उसले प्रेम गर्नै सक्दैन । त्यसैले त हाम्रो चाहनाअनुसारको परिणाम नआउ“दा दुःखी हुन्छौँ । आफूलाई नगरी अरूलाई गरेको प्रेममा स्वार्थ मिसिएको हुन्छ ।

– हामी अनेक बहानामा दुःखी भइरहन्छौँ । यस्तो बानीले हरेक सकारात्मक पाटोलाई पनि नकारात्मक देख्छ । त्यसैले, हरेक वातावरण, परिस्थितिमा खुसी हुने मौका खोज्नुपर्छ, बानी बसाल्नुपर्छ । सुरुसुरुमा अभिनय नै किन नहोस्, खुसी हुने बानी गर्नुपर्छ । पछि, यो नै बानीमा परिवर्तन हुन्छ । त्यसपछि, कुनै पनि अवस्थामा सहज रूपमा खुसी हुन सक्छौँ । कसैले गल्ती गरेको थाहा पाउनासाथ उसलाई नकारात्मक रूपमा हेरिहाल्छौँ । हामीले उक्त व्यक्तिलाई क्षमा
दिन पनि सक्नुपर्छ ।

– हामीले प्रत्येक कुरा तथा कामका लागि धन्यवाद दिन जान्नुपर्छ । ठूलो कुराका लागि मात्र आभार प्रकट गर्ने तथा सानो कुरालाई बेवास्ता गर्ने धेरैको बानी हुन्छ । रान्डा ब्राइनले आफ्नो बहुचर्चित पुस्तक ‘सिक्रेट’मा अस्तित्वको आकर्षणको नियमबारे उल्लेख गरेकी छिन् । उनका अनुसार हामीले जस्तो सोच्छौँ, त्यस्तै अस्तित्वले पनि ऊर्जा फर्काइरहेको हुन्छ । त्यसैले, सधैँ सकारात्मक भाव राख्ने गर्नुपर्छ । अस्तित्वबाट पनि सकारात्मक ऊर्जा नै प्राप्त भइरहेको हुन्छ ।

– हिजोआज योग, ध्यान विश्वव्यापी रूपमा प्रयोग भइरहेका छन् । यसबारे धेरै अनुसन्धानहरू पनि भइरहेका छन् । नियमित योग र ध्यानले शरीर, मन, भावनामा भएका नकारात्मक ऊर्जा हटेर सकारात्मक ऊर्जा बढ्न थाल्छ । जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन थाल्छ । हरेक जीवनको उतारचढावलाई राम्रोसँग सामना गर्ने शक्ति बढ्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया