Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडाैं – एक पटक हिसाव गर्नुस् त, एउटा खरबुजाका लागि कति मूल्य चुकाउनु पर्ला ? उता अमेरिकामा चाहीँ एउटा पसलेले एउटा खरबुजाका लागि ८० करोड रुपैयाँ मूल्य चुकाएका छन् ।

अमेरिकाको अलाबामास्थित शपिङ स्टोर वालमार्टका लागि एउटा खरबुजाको मूल्य ८० करोड परेको हो । घटनाको सुरुवात २ वर्षअघि भएको थियो । सन् २०१५ मा भएको उक्त घटनाका विषयमा अमेरिकी प्रान्त अलबामाको एक अदालतले हालै फैसला सुनाएको छ । अदालतको फैसला अनुसार अब वालमार्टले खरबुजाका कारण घाइते भएका ग्राहक हेनरी वाकरलाई ७५ लाख डलर अर्थात् झण्डै ८५ करोड रुपैयाँ तिर्नुपर्नेछ ।

वास्तवमा भएको चाहीँ यस्तो थियो, सेवानिवृत्त सैनिक समेत रहेका वाकर किनमेल गर्न वालमार्टमा पुगेका थिए । वालमार्टमा उनले खरबुजा पनि किन्ने सोच बनाए र त्यहाँ रहेको एउटा खरबुजा हातमा लिएर एक कदम अघि बढ्ने के कोसिस गरेका थिए सामान राखिएको दराजबाट बाहिर निस्किएको काठको चुच्चोमा उनको खुट्टा अडि्कयो र उनी भुइँमा बजारिए ।

सामान भरिएको र्‍याक पनि उनीमाथि बजि्रयो जसका कारण उनको हिपको हड्डी भाँचियो । लामो उपचारपछि उनी निको त भए तर आफुलाई सख्त घाइते बनाउने सुपर मार्केटप्रति उनको रिस मरेको थिएन । उनले मोटो रकम क्षतिपूर्तिको मागसहित सुपरमार्केटविरुद्ध मुद्दा हाले । उनको त्यो मुद्दामा अदालतले हालै फैसला गर्दै वाकरलाई ७५ लाख डलर जरिवाना तिर्न सुपरमार्केटका नाममा आदेश दिएको छ ।

वालमार्टले भने सानो गल्तीमा निकै ठूलो सजायँ पाएको भन्दै फैसलाविरुद्ध अपील गर्ने जनाएको छ । –एजेन्सी

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया