Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

चितवन – स्क्रब टाइफस, डेंगु र चिकनगुनियाका कारण कात्तिक महिनामा मात्रै जिल्लामा पाँच जनाको मृत्यु भएको छ । यो सहित चालु आवको चार महिनामा जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका नौ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये दुई जना चितवनका छन् भने अरु सबै बाहिरी जिल्लाका रहेका छन् ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाका अनुसार मृत्यु हुनेमा एक बालक, चार बालिका र चार महिला रहेका छन् । कात्तिकमा मात्र ती रोगका कारण पाँच जनाको मृत्यु भएको छ । असोजमा एक जना, भदौमा दुई जना र साउनमा एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमध्ये तीन जनाको स्क्रब टाइफस, दुई जनाको चिकनगुनिया, तीन जनाको स्क्रब टाइफस र चिकनगुनिया दुवै रोगको संक्रमण र एक जनाको स्क्रब टाइफस र डेंगु दुवै रोगको संक्रमण रहेको झाले जानकारी दिनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कप्ट नियन्त्रक राम केसीका अनुसार साउनयता रगत परीक्षण गरिएका एक हजार ४८५ मध्ये ३५५ जनामा स्क्रब टाइफस देखिएको छ ।

यसै अवधिमा ५१ जनालाई डेंगु रोग संक्रमण भेटिएको छ । केसीका अनुसार उपचारका लागि आएका बिरामीमध्ये ९८० जनाको डेंगु परीक्षण गरिएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया