Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – माइक्रोब्लगिङ साइट ट्वीटरले पछिल्लो समयमा आफ्नो भेरिफिकेसन फिचरलाई प्रभावकारी बनाउने विषयमा काम गरिरहेको छ । जसअन्तर्गत उसले भेरिफाइड अकाउन्टहरुको समीक्षा गरिरहेको छ ।

भेरिफाइड अकाउन्टहरुमा हुने नियमविपरीतका गतिविधिले ट्वीटरकै बदनाम हुन थालेसँगै ट्वीटर गम्भीर बनेको छ । सोही अनुरुप उसले नियम तोड्ने भेरिफाइड अकाउन्टवालामाथि कारबाही सुरु गरेको छ । अब यदि कुनै पनि भेरिफाइड ट्वीटर अकाउन्ट होल्डरले आफ्नो अकाउन्टमा ट्वीटरको नियमविपरीतको कार्य गरेमा उसको भेरिफिकेसन ब्याच अर्थात् नीलो चिह्न खोसिनेछ ।

ट्वीटरको अफिसियल ह्याण्डल @TwitterSupport बाट बुधबार गरिएको एक ट्वीटमा यस्तो जानकारी दिइएको छ । जसमा भनिएको छ, ‘हामी भेरिफाइड अकाउन्टहरुको सुरुवाती समीक्षा गरिरहेका छौं । अब ती अकाउन्टहरुबाट भेरिफिकेसन हटाइनेछ, जसले हाम्रो नयाँ गाइडलाइनको पालना गर्दैनन् । हामीले यो प्रणालीको लगातार समीक्षा गर्नेछौं र आवश्यक कदम उठानेछौं । किनकि हामी एक नयाँ प्रोग्रामका विषयमा काम गरिरहेका छौं, जसमाथि हामी गर्व गर्छौं ।’

ट्वीटरका अनुसार यदि कोही भेरिफाइड प्रयोगकर्ताले ट्वीटरमा डिस्प्ले नेम वा बायोडाटा बदलेर जानीबुझी ट्वीटरमा मानिसहरुलाई गुमराहमा पार्दछन् वा कसैलाई उत्पीडनका लागि उक्साउँछन् भने उनीहरु कार्बाहीमा पर्नेछन् र उनीहरुको प्रमाणीकरण निलम्बन गरिनेछ । ट्वीटरले जनरल अकाउन्ट भेरिफिकेसन फिचरलाई हाल स्थगित गरेको समाचार यसअघि नै आइसकेको छ ।

ट्वीटरले यसअघि एउटा नीति बनाएको थियो जसका माध्यमबाट जो कोहीले पनि आफ्नो अकाउन्ट भेरिफाइ गराउन वा ब्लु टिक लिनका लागि आवेदन गर्न सक्दथे । यसअघि यो केवल सेलिब्रेटी, सरकारी निकाय तथा मिडियासँग आवद्ध मानिसहरुका लागि मात्र उपलब्ध थियो । सर्वसाधारणले समेत आवेदन दिएर आफ्नो ट्विटर प्रोफाइल भेरिफाइड गराउने फिचरमा गडबडी देखिएको भन्दै ट्विटरले त्यो फिचर हाल बन्द गरिसकेको छ ।

अब यसअघि भेरिफाइड भइसकेका ट्वीटर प्रोफाइलहरुमाथि पनि ट्वीटरले निगरानी बढाउन थालेको छ । –एजेन्सी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया