Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

 

काठमाडौँ –  लेखक तथा साहित्यकार ध्रुवसत्य परियारद्वारा लिखित कथासंग्रह ‘कैरन’ सार्वजनिक भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

साहित्यकार आहूति, डा अर्चना थापा र नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेलले सामूहिक रुपमा शनिवार उक्त कथा संग्रह सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा साहित्यकार आहूतिले कथा संग्रहमाथि टिप्पणी गर्दै दन्त्य कथा, र लोककथा भन्ने शैलीमा कथा लेखिनु नेपाली साहित्यको आफ्नै मौलिक परम्परा भएकाले त्यसमा लेखक सफल रहेकोमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “कथाकारले आजको नेपाली समाजको विषयवस्तुलाई प्रस्तुत गर्नु भएको छ । अरु शैलीका लेखनभन्दा फरक शैली अपनाउनु भएको छ, त्यसकारण पनि यो विशिष्ट छ ।”

लेखक आहूतिले दन्त्य कथाको शैलीलाई आधुनिक तरिकाबाट भन्न खोज्दा धेरै खतराबाट गुज्रनुपर्ने बताउँदै उहाँले लेखक ध्रुवसत्यले खतरा मोलेको बताउनुभयो ।

लेखिका अर्चना थापाले मिथक शैलीमा कथा लेखिएको र आफूलाई पठनीय लागेको बताउनुभयो । “लेखकले किम्बदन्तीलाई आधार बनाएर मिथक शैलीमा कथालाई ल्याउनु भएको छ”–उहाँले भन्नुभयो, “यस प्रकारको लेखन अरु लेखकको भन्दा फरक शैली हो ।”

नागरिक दैनिकका प्रधानसम्पादक लुईँटेलले कथाकार ध्रुवसत्यमा फरक प्रतिभा रहेको आफूले पाएको बताउनुभयो । “सँधै एउटै शैलीमा विषयवस्तुलाई प्रस्तुत गरियो भने त्यसले ठूलो अर्थ नराख्न सक्छ ।

तर त्यसलाई फरक शैली प्रयोग गरियो भने अर्थ रहन्छ”–उहाँले भन्नुभयो, “साहित्य र पत्रकारिताबीच तादम्यता छ । कथाकारले हाम्रो समाजमा रहेका विभेद तथा समस्याहरु कथामा उल्लेख गरेको मैले पाएँ ।”

सांग्रीला बुक्सले प्रकाशन गरेको ‘कैरन’ कथा संग्रहमा लेखकका १२ कथा समेटिएको छ ।

तपाईको प्रतिक्रिया