Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

मोरङ –  कोशी अञ्चल अस्पताल विराटनगरको एक्सरे मेसिन मर्मत नहुँदा समस्या भएको छ । एक्सरे गराउन अस्पताल आएका बिरामी बाहिर महँगो शुल्क तिरेर एक्सरे गराउन बाध्य भएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गतवर्षसम्म विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा दुईवटा एक्सरे मेसिन थिए ।

एउटा गत वर्षदेखि नै बिग्रिएर थन्किएको छ । भएको एउटा पनि एक्सरे मेशिन बिग्रिएको २० दिन बितिसकेको छ ।

सम्बन्धित निकायले तदारुकताका साथ पहल नगर्दा सर्वसाधारण जनता महँगो मूल्य तिरेर निजी क्लिनिकमा एक्सरे गर्न बाध्य भएका हुन् ।

अस्पतालमा दैनिक एक हजारभन्दा बढीले सेवा लिँदै आएका छन् ।

कोशी अञ्चल अस्पतालमा रु ४०० मा एक्सरे हुन्छ भने बाहिर गएर गरेमा ८०० भन्दा बढी तिर्नुपर्छ । गरिब र विपन्न समुदायको अस्पताल भनेर चिनिएको अस्पतालमा दुईवटा एक्सरे मेसिन भएपनि एउटा मर्मत गर्न धेरै रकम लाग्ने भएर एक वर्षदेखि बिग्रिएर थन्किएको हो । अर्को एक्सरे मेशिन बिग्रिएको २० दिन भइसकेको छ ।

रेडियोलोजिस्ट विभागका कार्यालय सहायक सुनिल कामतले काम लाग्ने एउटा मात्रै मेशिन भएको र त्यो पनि बिग्रेकाले समस्या भएको बताउनुभयो । अस्पतालका नायब सुब्बा कौशल पोख्रेलले जर्मनीबाट सामान आउने भएकाले अझै हप्ता १० दिन लाग्ने बताउनुभयो ।
–––

तपाईको प्रतिक्रिया