Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं –  दम रोगबारे सबैलाई जानकारी छ । यो रोग श्वासनलीमा हुने विभिन्न समस्या तथा कीटाणुहरूबाट हुन सक्ने संक्रमणबाट ग्रसित भएपछि देखिन्छ । दमले फोक्सोसम्म असर गर्छ । सुरुवातमा त्यति धेरै दुःख नदिए पनि बिस्तारै ठूलो समस्याका रूपमा देखिन्छ । त्यसैले वेलैमा होसियारी अपनाई जेचजाँच गराउन जरुरी छ । दम फोक्सोको एकखाले दीर्घ रोग हो । यसमा श्वासनलीको मांसपेशीमा संकुचन (खुम्च्याई) आई सास फेर्न गाह्रो हुन्छ । श्वासनली साँघुरिने प्रक्रिया अस्थायी तवरको भए पनि फोक्सोमा आवश्यक मात्रामा अक्सिजन पुर्‍याउन सकिँदैन र प्रभावित व्यक्तिलाई गाह्रो हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार ३० करोड मानिस दमबाट प्रभावित छन् ।

लक्षण
सास फेर्न गाह्रो हुनु ।
उकालो अथवा ओरालो हिँड्दा सास बढ्नु ।
छाती दुख्नु ।
घ्यारघ्यार हुनु ।
छाती कस्सिएको अनुभव हुनु ।
खोकी लाग्नु ।
पहेँलो तथा फिँजजस्तो खकार आउनु ।
अनिद्रा, थकान, आलस्य बढ्ने ।
ध्यान दिनुपर्ने कुरा
तातो पानीमा जोड दिने ।
नाक–मुखबाट बाफ लिइरहने ।
हल्का र सादा खानामा जोड दिने ।
अदुवा, मरिच मिसाएर पिँध्ने र १–१ चम्चा धुलो महसँग खाने ।

उपचार विधि
दमले च्यापेको वेला तुरुन्त अस्पताल जाने ।
घरमै आराम गर्ने ।
नाक–मुख छोप्ने ।
पटक–पटक साबुनपानीले हात धुने ।
आफ्नो अवस्था हेरी सामान्य व्यायाम तथा खेलकुदमा जोड दिने ।
चिसो पानीबाट सकेसम्म टाढै बस्ने ।
चिसो मौसममा मर्निङवाक नजाने ।
चिकित्सकको निगरानीमा निरन्तर औषधि खाने ।

महत्वपूर्ण टिप्स
जाँड, रक्सी, चुरोट, सुर्ती नखाने ।
दम बढेको वेलामा चिल्लो, दूध, दही, घिउ नखाने ।
केरा, फर्सी, मुला, तोरीको साग नखाने ।
धुलो–धुवाँबाट बच्ने ।
छातीलाई चिसोबाट जोगाउनुहोस् ।
सही खानपान र जीवनशैलीले रोग जरैबाट निस्केर जान्छ । बढी तनाव लिएर बस्नु हुँदैन ।
राति सुत्दा उत्तानो परेर नसुत्नुहोस् । कि घोप्टो परेर, कि कोल्टे परेर सुत्दा राति दमले आक्रमण गर्न सक्दैन ।
बजारमा पाइने प्याकेटका खानेकुरा नखानुहोस् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया