Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – विद्यालयले आफ्नो खैरो कपाल कालो बनाउन लगाएको भन्दै जापानमा एक किशोरीले विद्यालयविरुद्ध स्थानीय सरकारमा उजुरी दिएकी छन् ।

ओसाकास्थित विद्यालयले निरन्तर आफ्नो कपाललाई कालो बनाउन दबाब दिएको भन्दै १८ बर्षीया ती किशोरीले स्थानीय सरकारमा उजुरी दिएकी हुन् । आफ्नो खैरो कपाल कालो नबनाए विद्यालय छोड्न विद्यालयले दबाब दिएको उजुरीमा उल्लेख छ ।

लगातार रङ्ग्याउदा कपाल बिग्रनुका साथै तालुमा समेत असर परेको किशोरीले बताएकी छन् । सोही कारण ती किशोरी गत बर्षको सेप्टेम्बर यता विद्यालयमा हाजिर भएकी छैनन् । उनले १९ हजार ३ सय अमेरिकी डलर क्षतिपूर्ति माग गरेकी छन् । स्थानीय सरकाले भने सो दाबी अस्विकार गर्न अदालतलाई आग्रह गरेको छ ।

उजुरी परेको विषयमा काइफुकान उच्च माध्यामिक विद्यालयका प्राध्यापकले भने कुनै प्रतिक्रिया दिएका छ्रैनन् । जापानका अधिकांश विद्यालयमा बाहिरी आवरण, कपाल र पोशाकलाई लिएर कडा नियम लगाइने गरेको छ । -एजेन्सी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया