Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – आजभोलि ग्यास्ट्रिकका बिरामी बढेको चिकित्सकहरू बताउँछन् । अव्यवस्थित जीवनशैली र खानपानका कारण ग्यास्ट्रिकका बिरामी बढिरहेका हुन् ।

ग्यास्ट्रिकका बिरामीले खानपानमा विशेष सावधानी अपनाउनुपर्छ । भोको पेट बस्दा ग्यास्ट्रिकसम्बन्धी समस्या थप बढ्छ भन्ने गरिन्छ । अनुशासित खानपान र जीवनशैली अपनाउन सक्यौँ भने ग्यास्ट्रिकको समस्या कम गर्न सकिन्छ ।

लक्षण
-भोक हराउनु ।
-छाती र पेटको बीचको खाल्टोवरिपरि दुख्ने ।
-पेट पोल्नु ।
-टाउको दुखेर हैरान पार्नु ।
-अम्लपित्त बढ्नु ।
-वाकवाकी लाग्नु ।
-बान्ता हुनु ।
-गनाउने सास आउनु ।
-रिंगटा लाग्नु ।

यस्तो खानपान
-पौष्टिक खानपानमा जोड दिने ।
-फाइबर र भिटामिनयुक्त होलग्रेन्स खाना, हरियो सागपात, क्याल्सियम, एन्टिअक्सिडेन्टलगायतका खानामा विशेष जोड दिने ।
-अमिलो जातका फलफूल, गेडागुडी, पिँडालु, प्याज, काउली, स्याउ, बेसार, ग्रिन टी, अंगुरलगायतका खानेकुरा पनि खाइरहनुपर्छ ।
-प्रचुर मात्रामा प्रोटिनयुक्त खाना माछा, मासु, कुखुरा, गेडागुडी खानाले ग्यास्ट्रिकसम्बन्धी समस्याबाट बच्न सकिन्छ ।

प्लस टिप्स
-सेकुवाजस्ता पोलेका खानेकुरा खानु हुँदैन ।
-यस्ता समस्या भएकाहरूले मद्यपान तथा धूम्रपान गर्नु हुँदैन ।
-नियमित समयमा सुत्ने र उठ्ने गर्नुपर्छ ।
-हरियो सागपात, सबै प्रकारका तरकारी, फलफूल, माछा, बोसोरहित मासु ग्यास्ट्रिकका बिरामीका लागि महत्वपूर्ण खाना हुन् ।
-समय–समयमा चिकित्सकसमक्ष पुगेर कस्तो खालको खाने, के नखाने भनेर जानकारी लिइरहनुपर्दछ ।
-मैदाबाट बनेका खानेकुरा, कोल्डड्रिंक्स, चिया, कफी सकेसम्म खानु हुँदैन ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया