Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

सोफिया नाम गरेकी रोबोटलाई भेट्नुस्, जो साउदी अरेबियाको रियादमा सोमवार पहिलो पटक सार्वजनिक रुपमा देखापरिन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सोफिया यति चर्चित भइन् कि रियादमा अक्टोबर २५ तारिखमा आयोजित लगानीसम्बन्धी सम्मेलनका सयौं प्रतिनिधिहरुका माझ उनले तत्कालै साउदी अरेबियाको नागरिकता पाइन्।

तर त्यसम्बन्धी फोटो र भिडिओहरु सामाजिक सञ्जालमा देखिन थालेपछि धेरैले पहिल्यै साउदी महिलाभन्दा बढी अधिकार पाइसकेकी ती रोबोटबारे प्रश्न गर्न थाले।

हंगकंगको हान्सन रोबोटिक्स कम्पनीद्वारा निर्मित रोबोट सोफियाले साउदी अरेबियामा महिलाले लगाउनैपर्ने अबाया र टाउको छोप्ने स्कार्फ विना नै दर्शकलाई अंग्रेजीमा सम्बोधन गरिन्।

गौरवान्वित

उनले भनिन्, “यसका लागि म निकै सम्मानित र गौरवान्वित महसुस गरिरहेकी छु। नागरिकता पाउने विश्वकै पहिलो रोबोट हुन पाउनु ऐतिहासिक हो।”

साउदी अरेबियामा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उक्त घोषणाको प्रशंसा गर्दै ह्यासट्याग ‘रोबोट विद साउदी न्याशनालिटी’ अर्थात् साउदी नागरिकता भएकी रोबोट भनेर २४ घण्टाभित्र ३० हजार पटक पोष्ट गरेका थिए।

तर व्यंग्यात्मक शैलीमा अर्को ह्यासट्यागसहितको पोष्ट पनि सामाजिक सञ्जालमा देखिए।

ह्यासट्याग ‘सोफिया कल्स फर ड्रपिङ गार्डियनशीप’ अर्थात् सोफियाले पुरुष अभिभावकसँग मात्रै महिलाहरु बाहिर जानुपर्ने नियम खारेज गर्न आग्रह गरिन् भनेर करिब १० हजार पटक पोष्ट गरिए।

सोफियातस्वीर कपीराइट ARAB NEWS/YOU TUBE

साउदी अरेबियामा महिलाहरु परिवारको नजिकको पुरुष अभिभावकसँग मात्रै बाहिर जानुपर्ने नियम छ।

एकजना ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, “सोफियाका अभिभावक पनि छैनन् र उनले अबाया पनि लगाएकी छैनन् अर्थात् शरीर पनि ढाकेकी छैनन्, यस्तो कसरी भयो?”

टाउकोमा स्कार्फ र कालो बुर्का लगाएकी अर्की ट्वीटर प्रयोगकर्ताले लेखेकी छन्, “एकछिन पछि सोफिया कस्तो देखिनेछिन्?”

बहस

तर त्यस्ता पोष्टहरुका अतिरिक्त सोफियालाई सहज रुपमा नागरिकता दिइएको र त्यसका लागि लिइएको समयबारे सामाजिक सञ्जालमा बहस छेडिएको छ।

पत्रकार मुर्तजा हुसैनले लेखेका छन्, “यी रोबोटले जीवनभर काम गर्दै बसेका कफाला कामदारहरुले भन्दा पहिले साउदी अरेबियाको नागरिकता पाएकी छन्।”

साउदी अरेबियाको कानून अनुसार रोजगारदाताको अनुमति विना विदेशी कामदारले उक्त मुलुक छाड्न पाउंदैनन्।

सोफियातस्वीर कपीराइटFABRICE COFFRINI/AFP/GETTY IMAGES

विदेशी कामदारको अधिकार सीमित पार्ने खाडी मुलुकहरुमा विद्यमान ‘कफाला’ प्रणालीको त्यो एउटा पाटो हो।

साउदी अरेबियामा लाखौं संख्यामा विदेशी कामदारहरु कार्यरत छन्।

ब्रिटेनस्थित लेबननका पत्रकार करीम चाहाएबले भने, “सोफिया नाम गरेकी मानव जस्तो रोबोटले साउदी अरबको नागरिकता पाइन् तर लाखौं राज्यविहीन छन्। कस्तो समयमा बाँचिएको छ।”बिबिसिबाट

तपाईको प्रतिक्रिया