Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

धनगढी – कैलाली जिल्लाको दुई ठाउँमा सञ्चालनमा रहेका एन्टी रेक्टोभाइरल थेरापी (एआरटी) सेन्टरबाट एक हजार १६६ जनाले एचआइभी एड्सविरुद्धको औषधि सेवन गरिरहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउण्डेशनको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकअनुसार थप ११ जना औषधि खानुपर्ने प्रक्रियामा रहेका छन् । संक्रमितमध्ये महिलाको संख्या बढी छ ।

औषधि खाइरहेकामध्ये १८ वर्षमुनिका १३७ बालबालिका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक महेश चन्दले कार्यक्रममा जानकारी दिनुभयो । संक्रमित बालबालिकालाई ‘सेभ द चिल्ड्रेन’मार्फत् मासिक रु एक हजार सहयोग भइरहेको जनाइएको छ । यी सेन्टरबाट औषधि सेवन गरिरहेकामध्ये गएको एक वर्षमा २० जनाको एड्सका कारण मृत्यु भएसकेको छ ।

कैलालीको सेती अञ्चल अस्पताल र टीकापुर अस्पताल परिसरमा एआरटी सेवा सञ्चालनमा रहेको छ । यी दबै सेन्टरमा कैलाली, कञ्चनपुर, डोटी, बर्दिया, डडेलधुरा, दार्चुला, बझाङ, दैलेख, सुर्खेतलगायतका जिल्लाका साथै सीमावर्ती भारतका संक्रमितले एआरटी औषधि खाइरहेका छन् । औषधि खानेमध्ये कैलाली जिल्लाका मात्रै ९९५ जना रहेका छन् ।

कार्यक्रममा हेल्थ केयर फाउण्डेशनका माधव पन्तले यी दुई सेन्टरमा हालसम्म एक हजार ८५७ जनाको एचआइभी परीक्षण भएकोमा पछिल्लो एक वर्षमा मात्रै ११७ जना संक्रमित भएको पाइएको जानकारी दिनुभयो । जनस्वास्थ्य निरीक्षक चन्दले यो रोग बारे बढेको जनचेतनाका कारण केही वर्षयता मृत्यु दर र औषधि खान छोड्ने दर घट्दै गएको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागार्इं र पत्रकार उमिद बागचन्दले रोग रोकथामका बारेमा प्रकास पार्नुभएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया