Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

गाईघाट –  दशैँ मनाउन एक हप्ता अगाडि नै घर हिँडेका उदयपुर जिल्ला अस्पतालका डाक्टर अन्य सरुवा मिलाएर गएपछि अहिले जिल्ला अस्पताल उदयपुर डाक्टरविहीन बन्न पुगेको छ ।

अस्पतालमा डाक्टर नभएपछि अधिकांश बिरामीलाई अहिले अन्यत्र सिफारिस गरी पठाउन बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् । अस्पताल प्रमुख डा महेश खनाल दशैँ आउन १५ दिनअघि नै बिदामा हिँडेपछि सरुवा मिलाएर पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाको निर्देशक बन्न पुगेको अस्पतालका कर्मचारी बताउँछन् ।

यस्तै दशैँ आउन एक हप्ता अगाडि नै बिदामा हिँडेका डा फणीन्द्र बडालसमेत सरुवा मिलाएर जिल्ला अस्पताल धनकुटा नै गएपछि अहिले जिल्ला अस्पताल उदयपुरमा प्रसूतिसहित अन्य बिरामीको उपचारमा समस्या आएको अस्पतालका अहेव तथा ल्याबका कर्मचारीले बताउने गरेका छन् ।

जिल्ला अस्पताल उदयपुरमा अहिले प्रसूतिसहित अन्य बिरामी गरेर दैनिक १५० को हाराहारीमा उपचारका लागि आउने गरेको भए तापनि विशेषज्ञ डाक्टर नभएपछि अधिकांश बिरामी बीसौँ हजार खर्च गरेर एम्बुलेन्सबाट विराटनगर तथा सुनसरीको धरान जान बाध्य हुनु परेको त्रियुगा नगरपालिका–३ मोतिगडाका राजेश चौधरी बताउँछन् ।

दशैँ अगाडि हिँडेका डाक्टर सरुवा लिएर अन्यत्र गए पनि सम्बन्धित निकायले अन्य डाक्टरको व्यवस्थामा उचित ध्यान नदिँदा अहिले झण्डै तीन हप्तादेखि बिरामीले हैरान खेप्नु परेको बिरामीका आफन्तको गुनासो छ ।

यतिसम्म कि जिल्ला अस्पतालमा निःशुल्क प्रसूति बिरामीको सल्यक्रियासहितको उपचार हुने गरेको भए तापनि अहिले डाक्टर नभएपछि कतिपय बिरामीलाई स्थानीय निजी अस्पतालमा सल्यक्रियासहितको प्रसूति सेवा लिन रु ५० हजारसम्म रकम तिर्न बाध्य हुनुपरेको रौता–३ का कर्णबहादुर खड्काको गुनासो छ ।

यस विषयमा अस्पतालका प्रशासन फाँटका प्रमुखसहित अन्यसमेत बिदामा अन्यत्र गएपछि अहिले जिल्ला अस्पताल अहेव र नर्सको भरमा सञ्चालन हुन बाध्य रहेको स्थानीयवासी तथा अस्पतालका कर्मचारी नै बताउँछन् ।

तेह्रजना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल उदयपुरमा विगतदेखि नै तीन चारजना डाक्टरले अस्पताल सञ्चालन गर्दै आएका छन् भने धेरै डाक्टरको दरबन्दी खाली नै हुँदै आएको छ ।

केही भएका डाक्टर पनि धमाधम सरुवा लिएर अन्यत्र हिँडेपछि अहिले आएर जिल्ला अस्पताल डाक्टरविहीन नै बन्न पुगेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया