Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – ‘कार्यस्थलमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ मंगलबार विश्व मानसिक दिवस मनाईंदैछ । सन् १९९२ मा विश्व मानसिक स्वास्थ्य महासंघले पहिलो पटक यो दिवस मनाएको थियो ।

त्यसपछि विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्षको अक्टोबर १० तारिखमा मानसिक स्वास्थ्य दिवस मनाउन थालिएको हो ।

विश्वमा ४५ करोड मानिस कुनै न कुनै किसिमले मानसिक समस्यामा रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ ।

संगठनका अनुसार हरेक चारजना मध्य एकजनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या हुने गरेको छ ।

सामान्य कुरामा पनि तनाव लिँदा भविष्यमा मानसिक रोग लाग्ने भएकाले तनावमुक्त रहन मनोविमर्शकर्ताले सुझाव छ ।

आफ्नो दैनिकीमा आएको परिवर्तनले असर गर्न थाले मानसिक रोगको संभावना उच्च हुने मनोचिकित्सक ऋषभ कोइरालाले बताउनुभयो ।

उहाँका अनुसार चिन्ता, तनाव, एङजाइटी, डिप्रेशन, फोबिया लगायतका समस्याले मानसिक रोग उत्पन्न हुन्छ ।

यी समस्या पहिलो चरणमा भए मनोपरामर्शले निको हुने, दोस्रो चरणमा भए डाक्टरको सल्लाहमा केही समय औषधि खाए पुग्ने र तेस्रो चरणमा भए लामो समय औषधि खाँदा मानसिक रोक निको हुने डा. कोइरालाले बताउनुभयो । एक्लै बस्न मन लाग्ने, रुन मन लाग्ने, कराउने, चिच्याउने, पढ्न मन नलाग्ने जस्ता व्यवहार परिवर्तन हुनु यी समस्याका लक्षण हुन् ।

परिवारका सदस्यमा यस्तो परिवर्तन देखिए उनीहरुको कुरा सुन्ने, पहिलेको दैनिकीमा फर्काउने कोसिश गर्ने र सकारात्कम सोच्न लगाउने गर्नाले पनि मानसिक रोग उत्पन्न नहुने डा. कोइरालाको भनाई छ । दिवसको अवसरमा अहिले काठमाडौंको बानेश्वरबाट रयाली निस्किएको छ । रयाली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत हुनेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया