Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

जर्मनी – जर्मनीमा बियर पिउने एक अनौठो पर्व मनाइन्छ । अक्टोबर फेस्ट नामक उक्त पर्वमा झण्डै ७७ लाख लिटर बियर खपत हुन्छ । यस इभेन्टमा विश्वभरका मानिस सहभागी हुन्छन्, जर्मनीमा ।

सन् १८१० देखि जर्मनीमा यो पर्व मनाउन थालिएको हो । म्युनिखमा आयोजना हुने यस फेस्टिबलमा ठूलो मेलाजस्तै भिडभाड हुन्छ । महिला, पुरुष सबैले मनग्गे बियर पिउँछन् । मोजमस्तीका लागि अम्युजमेन्ट पार्क पनि बनाइएको छ ।

१६ दिनसम्म चल्ने यो पर्व सेप्टेम्बरको अन्त्यतिर सुरु भएर अक्टोबरसम्म चल्दछ । अक्टोबर फेस्टलाई विश्वको सबैभन्दा ठूलो मेला भएको दाबीसमेत गर्ने गरिन्छ । उक्त पर्वमा खुवाइने बियरको मापदण्ड पहिले नै तय गरिएको हुन्छ । तत्पश्चात बियर आपूर्तिका लागि नाम कहलिएका कम्पनीहरुलाई स्वीकृति दिइन्छ ।

अहिलेसम्म त्यहाँ Augustiner-Bräu, Hacker-Pschorr-Bräu, Löwenbräu, Paulaner, Spatenbräu, Staatliches Hofbräu-München  लगायतका ब्राण्डका बियर सर्भ गर्ने गरिएको छ ।

सन् १९१० मा उक्त पर्व सुरु भएको १ सय वर्ष पुगेको अवसरमा त्यहाँ १ लाख २० हजार लिटर बियर सकिएको थियो । प्रथम विश्वयुद्धका बेला यो पर्वमा रोक लगाइयो भने तत्पश्चात दोश्रो विश्वयुद्ध तथा जर्मनीमा आर्थिक मन्दीका बेला पनि बियर फेस्टिबल केही वर्ष हुन सकेन ।

त्यसयता भने यो बियर बुत्याउने पर्व लगातार भइरहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया