Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – चिकित्सकहरुको आन्दोलनका कारण आज पाँचौं दिन पनि देशभरका सरकारी अस्पतालका ओपिडी सेवा ठप्प भएका छन् ।

नेपाल चिकित्सक संघको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालका ओपीडी सेवा ठप्प भएका हुन् । सरकारले चिकित्सकका मागप्रति सकारात्मक रहेको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरे पनि संघले त्यसलाई अस्वीकार गर्दै अस्पतालका सेवा प्रभावित बनाएको हो ।

संघले देशभरिका अस्पतालमा आपतकालिन कक्षबाहेकका सेवा बन्द गर्न निर्देशन दिएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले माग पूरा नभएसम्म कुनै पनि हालतमा डाक्टर काममा नफर्कने अडान राख्नु भएको छ । सरकारसँग सहमति भएपछि मात्र ओपीडी सेवा खुल्ने उहाँले बताउनुभयो ।

चिकित्सकहरुको लापरवाहीले बिरामीको ज्यान जाने गरेका घटना बढेको भन्दै सरकारले जुन डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएको हो उसैबाट क्षतिपूर्ति भराउने गरी विधेयक बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि चिकित्सकहरु आन्दोलित भएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया