Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – आफ्नो स्मार्टफोन व्यवसाय विस्तार गर्न गुगलले ताइबानी कम्पनी एचटिसीसँग १ अर्ब १० करोड डलरको सम्झौता गरेको छ ।

यो सम्झौतासँगै गुगलले एचटिसीको कुनै शेयर स्वामित्व ग्रहण गर्नेछैन, तर एचटिसीका कतिपय कर्मचारीहरु गुगलमा प्रवेश गर्नेछन् ।  कुनै समय स्मार्टफोन बजारको मूख्य खेलाडिको रुपमा रहेको एचटिसी पछिल्लो समयमा एप्पल र सामसुङको दबदबासँगै संघर्ष गरिरहेको छ ।

सन् २०१८ को सुरुवातसम्ममा यो सम्झौता नियामक निकायहरुबाट स्विकृत भएसँगै अन्तिम रुप पाउने विश्वास गुगलको छ । पछिल्लो सम्झौतालाई गुगलले आफ्नो हार्डवेयर क्षमता बढाउन गरेको प्रयासका रुपमा लिइएको छ ।

गुगलका हार्डवेयर विभागका उपाध्यक्ष रिक ओस्टरलोहले अहिले गुगलको हार्डवेयर व्यवसायको प्रारम्भिक चरण रहेको बताएका छन् । यो सम्झौतासँगै एचटिसी कम्पनीमा कार्यरत पिक्सेल स्मार्टफोन निर्माण गर्ने कर्मचारीहरु गुगल कम्पनीमा समाहित हुनेछन् ।

जस अनुसार एचटिसीको स्मार्टफोन अनुसन्धान तथा विकास टिमका झण्डै आधा कर्मचारी अर्थात् २ हजार जनशक्ति गुगलमा जानेछन् । गुगलको पिक्सेल र पिक्सेल एक्स एल स्मार्टफोन एचटिसीले उत्पादन गर्दै आएको छ । अर्को महिना कम्पनीले यसको अपडेटेड भर्सन रिलिज गर्दैन ।

पछिल्लो सम्झौता स्मार्टफोन उत्पादनको दिशामा गुगलको दोश्रो ठूलो छलाङ हुनेछ । यसअघि गुगलले सन् २०११ मा मोटोरोला कम्पनी नै खरीद गरेको थियो, १२ अर्ब ५० करोड डलरमा । त्यसको ३ वर्षपछि नै गुगलले उक्त कम्पनी बेचेको थियो । -एजेन्सी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया