Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

रुकुम – पश्चिम रुकुमको आठविसकोट नगरपालिका-२ स्यालाखदीकी २४ वर्षीया रमला बोहरा एक महिनाअघि ज्वरो आएपछि उपचारका लागि गाउँको स्वास्थ्य चौकी पुग्दा त्यहाँ उपचार त भएन औषधिसमेत नपाएपछि रत्तो हात घर फर्कन बाध्य हुनुभयो ।

सोही गाउँकी विरमी बुढाको दुई साताअघि पाँच वर्षकी छोरी बिरामी भएपछि स्वास्थ्यचौकी ल्याउँदा ती बालिकाको न उपचार भयो न त औषधि नै दिइयो । यस्तै समस्या यहाँ थुप्रैले व्यहोरी सकेका छन् । विगत दुई महिनादेखि यहाँको स्वास्थ्यचौकीमा सिटामोल र आइरन चक्कीजस्ता सामान्य औषधि समेत छैन । दैनिक आउने गाउँका बिरामीले स्वास्थ्यचौकीबाट रत्तो हात फर्कन बाध्य हुनुपरेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले जनाएका छन् ।

अन्य गाउँका स्वास्थ्य चौकीमा अति आवश्यक औषधिको सूचीमा पर्ने सिटामोल, आइरन चक्की लगायतका औषधि नपाएपछि बिरामी मर्कामा परेका हुन् । आफू गर्भवती भएको छ महिना हुँदासम्म पनि आइरन चक्की सेवन नगरेको स्यादाखदीकी २८ वर्षीया पविता यरीले बताउनुभयो । आफूलाई गर्भवती भएपछि आइरन चक्की सेवन गर्नुपर्छ भन्ने कुरा थाहा भए पनि स्वास्थ्य चौकीमा यस्ता औषधि नभएपछि खान नपाएकोे उहाँको गुनासो थियो ।

‘स्वास्थ्य चौकी आउँछु, आइरन चक्की छैन, गर्भवती भएको छ महिनासम्म पनि आइरन खाएको छैन’, यरीले भन्नुभयो, ‘चिकित्सकले गर्भवती हुँदा आइरन चक्की नीयमित सेवन गर्नुपर्छ भन्छन् तर स्वास्थ्य चौकीमा जाँदा छैन भन्छन् अनि कसरी ?’ उहाँले थप्नुभयो, ‘सकारले निःशुल्क रुपमा उपलब्ध गराउने औषधि नै पाइन छोड्यो, गाउँमा मेडिकल पनि छैन अब कहाँबाट औषधि ल्याउने ।’

स्वास्थ्य संस्थामा सामान्य खालका औषधि पनि अभाव हुदा उपचारमा समस्या भएको पाटन नगरपालिकाको सिद्घेश्वर स्वास्थ्य चौकीका अनमी लक्ष्मी भट्टले जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया