Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार तथा पारदर्शिताको माग गर्दै आउनुभएका डाक्टर गोविन्द केसीले यही असोज २० गतेदेखि १२ औं पटक अनसन बस्ने घोषणा गर्नुभएको छ ।

माफियामुखी चिकित्सा शिक्षा ऐन पारित गर्ने साँठगाँठ भइरहेको भन्दै डाक्टर केसीले अनसनसहित संघर्षका कार्यक्रम घोषणा गर्नुभएको हो । ११ औं पटक अनसन बसिरहेका बेला तराईमा बाढीले नोक्सानी पुर्‍याएपछि डा। केसी अनसन स्थगित गरी बाढी प्रभावित क्षेत्रमा प्रभावितलाई उपचार गर्न जानुभएको थियो ।

डाक्टर केसीले यसपटक माथेमा प्रतिवेदन तथा डाक्टर केसीका सुझाव अनुरुप परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, मेडिकल माफियासितको मिलेमतोमा एमबिबिएसका लागि सरकारले तोकेको भन्दा दशौं लाख बढी शुल्क अवैध रुपमा निर्धारण गर्ने काठमाडौं विश्वविद्यालयको निर्णय तत्काल खारेज गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन राजेन्द्र कोजुलाई बर्खास्त गर्नुपर्ने, बर्खास्त गरिएका आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि छानविन र कारवाही गरिनुपर्ने लगायत चार बुँदे माग अघि सार्नुभएको छ ।

साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन अध्यापन सुरु गर्ने गरी बजेटको व्यवस्था मिलाउन र डोटी-डडेल्धुरा, धनुषा-महोत्तरी, उदयपुर, पाँचथर-तेह्रथुममा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने माग पनि उहाँले अघि सार्नु भएको छ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया