Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – नेपालमा ४३ प्रतिशत व्यक्तिले मात्र परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्याङ्क अनुसार कुल संख्यामध्ये १५ देखि १९ वर्षका विवाहित १५ प्रतिशत छन् ।

सन् २०२० सम्ममा परिवार नियोजनका आधुनिक साधनको प्रयोग दर ५० प्रतिशतमा पुर्‍याउने सरकारी लक्ष्य छ । परिवार नियोजनका जुनसुकै साधनको प्रयोग दर भने ५३ प्रतिशत रहेको पाइएको छ । चौथो राष्ट्रिय परिवार नियोजन दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयले राजधानीमा आज गरेको कार्यक्रममा १३ जिल्लामा परिवार नियोजनका साधनको प्रयोग दर ३० प्रतिशत भन्दा कम रहेको जनाएको छ ।

मन्त्रालयका सचिव डा. किरण रेग्मीले सबै स्थानीय तहमा परिवार नियोजन सम्बन्धी कार्यक्रम लागु गर्न चुनौतीपूर्ण भएको बताउनुभयो । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठले कुल प्रजनन दर तथ्याङ्कमा घट्दै गएपनि नेपालको जनसंख्यामा खासै कमी नआएकाले कार्यक्रमको प्रभावकारिताको पूनरावलोकन गरिनुपर्ने बताउनुभयो । हाल २ दशमलव ३ प्रतिशत रहेको कुल प्रजनन दर सन् २०२० सम्ममा २ दशमलव १ मा झार्ने सरकारी लक्ष्य छ ।

तर ग्रामीण भेगमा २ दशमलव ९ र शहरी क्षेत्रमा २ प्रतिशत कुल प्रजनन दर रहेकाले परिवार नियोजनका कार्यक्रमहरु प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. नरेशप्रताप केसीले बताउनुभयो । सरकारले आई.यू.सि.डी. र इम्प्लान्ट सेवा मुलुकभर विस्तार गर्ने बताएपनि हाल १५ प्रतिशत हेल्थ पोष्टले मात्रै सो सेवा प्रदान गरिरहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया