Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

झापा – धामीझाँक्रीको भरमा परेर अझैपनि गाउँदेखि सहरसम्मका अधिकांश मानिसले मोतियाविन्दुका कारण आँखाको ज्योति गुमाउने गरेका छन् । चेतना अभावका कारण मोतियाविन्दु भएपछि झारफुक गर्न धाँमीझाक्री कहाँ जाँदा उपचार नपाएर उनीहरुले आँखाको ज्योति गुमाउने गरेका हुन् ।

मोतिविन्दु भएर आँखा पाकिसकेपछि मात्र उपचारका लागि अस्पताल आउने परिपाटी बढेपछि मेची आँखा अस्पताल विर्तामोडले जिल्लाभरिका धाँमीझाक्रीलाई आँखा स्वास्थ्य सम्बन्धी तालीम प्रदान गरेको छ । तालीममा सय वर्षीय वृद्धसहित ५१ जना धाँमीझाक्री सहभागी भएको मेची आँखा अस्पताल बिर्तामोडका प्रशासकीय अधिकृत सुरज रौनियारले जानकारी दिनुभयो ।

तालीममा उनीहरुलाई अन्धोपन निवारणका लागि गर्न सकिने उपायका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । तालीमको सहजीकरण युवराज बोहोराले गर्नुभएको थियो । तालीममा आँखाको बनावट, कार्य, लाग्ने सामान्य रोग, आपतकालीन अवस्था तथा ‘रिफरल नेटवर्क’को बारेमा जानकारी दिइएको थियो ।

अस्पतालका डेप्युटी मेडिकल डाइरेक्टर डा प्रभा सुवेदी बस्नेत, प्रशासकीय अधिकृत सुरज रौनियार, नेत्र अधिकृत मेमलाल राजवंशीलगायतले परम्परागत झारफूक पद्धति र जडीबुटीको सेवनले आँखाका कुनै पनि रोग निको नहुने भन्दै धामीझाँक्री कहाँ कोही आँखाका रोगी आए सबै आँखाका बिरामीलाई अस्पताल पठाइदिन आग्रह गरेका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया