Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – स-साना बालबालिकामाथि हुने खर्च ठूला हुन्छन् । बढ्दो उमेरका बालबालिकालाई धेरै लुगा किन्नुपर्ने हुन्छ । यो समस्याको कुनै समाधान छैन जस्तो लाग्छ किनभने न त बच्चालाई बढ्नबाट रोक्न सकिन्छ (रोक्न पनि हुँदैन) न नै लुगालाई बच्चासँगै बढाउन सकिन्छ ।

तर अब यो समस्याको समाधान निस्किएको छ । बेलायतका एक युवा आविष्कारकले एउटा यस्तो लुगा बनाएका छन् जुन बच्चासँगै बढ्छ । केही समय अघि बेलायतका २४ वर्षीय रियान यासिनले यस्तो कपडा बनाएका छन् जो बालबालिका बढेसँगै आफैं फैलने गर्दछ । यो आविष्कारमा उनले जेम्स डायसन अवार्ड पनि पाएका छन् ।

रोयल कलेज अफ आर्टका ग्रेजुएट रियानले यस्तो कपडा बनाएका छन् जसको संरचना ओरिगेमीजस्तो छ । ओरिगेमी एक जापानी पेपर आर्ट हो जसमा कागजलाई मोडेर विभिन्न आकृति बनाइन्छ । जब पट्याइएको कागजलाई खोलिन्छ तब आकृति बढ्दै जान्छ । यी कपडामा हाइड्रोफोबिक कोटिङ पनि लगाइएको छ, जसका कारण यो वाटरप्रुफ बनेको छ ।

कपडाको बाहिरी पत्रमा माथिबाट तल फर्किएको एउटा ग्रिडजस्तो देखिने फोल्ड हुन्छ जसका कारण पानीले कपडालाई भिजाउन सक्दैन । बच्चा जति ठूलो भयो, शरिरको आकार प्रकार अनुसार यो लुगा फिट हुने गर्दछ । यद्यपी, यसमा एउटा कमी पनि छ । यो सिन्थेटिक कपडा हो । आमा-बुवाले सायद यो कपडा आफ्नो बच्चालाई लामो समयसम्म लगाइदिन चाहन्नन् ।

यसलाई सफा गर्न कुनै समस्या नहुने र लामो समयसम्म टिक्ने बताइएको छ । यी कपडालाई ‘पेटिट प्ली नाम दिइएको छ । यसको आविष्कारका लागि रियानलाई एक वर्षको समय लाग्यो । यसमा उनले करिब २ लाख ५० हजारभन्दा बढिको जेम्स डायसन अवार्ड पनि पाए । -एजेन्सी

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया