Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

बझाङ –  विद्यार्थीलाई प्रयोग गर्नका लागि जिल्ला शिक्षा कार्यालयले दिएका लाखौँका तीनवटा चर्पी यहाँको एक विद्यालयमा प्रयोगविहीन हुँदा विद्यार्थी झाडी र खोला किनारामा दिसापिसाब गर्न थालेका छन् ।

शिक्षा कार्यालयद्वारा विद्यालयमा छात्रछात्रालाई प्रयोग गर्न दिएका तीनवटा चर्पीका पाँचकोठा प्रयोगविहीन भएपछि दुर्गा माध्यमिक विद्यालय, सैनपसेलाका छात्रछात्रा खोला किनारा र झाडीमा दिसापिसाब गर्न थालेका हुन् ।

विद्यालयमा चारवटा चर्पी छन्, एक शिक्षकले प्रयोग गर्ने गरेका छन्, विद्यार्थीलाई प्रवेश निषेध गरिएको छ भने तीनवटा चर्पी दिसापिसाबले भरिनुका साथै ढोकामा काँडेझार उम्रेर प्रयोगमा नआएको एक वर्ष भयो । विद्यालयमा दिसापिसाब लाग्यो भने दगुर्दै खोला किनार र झाडीमा जानुपर्ने बाध्यता भएको कक्षा ९ मा अध्ययनरत अन्नता जप्रेलले बताइन् ।

उनले भनिन्, कसैले देख्छ की भनेर डर लाग्छ, हत्तपत्त पानी बिनै दिसा सफा गरेर कक्षा कोठामा बस्नुपर्छ । छाउ भएको समयमा त विद्यालयमा जानै अप्ठ्यारो लाग्ने हुन्छ ।

घरमा चर्पी प्रयोग गरिन्छ, विद्यालयमा चर्पी प्रयोग गर्न पाइँदैन शिक्षकले प्रयोग गर्ने चर्पीमा गए शिक्षकले गाली गर्नेगर्छन्, भएको चर्पीमा झाडी उम्रेर चर्पीभित्र पस्न नसक्ने भएपछि खुल्ला ठाउँमा दिसापिसाब गर्नुपरेको कक्षा १० मा अध्ययनरत राकेश जप्रेलले बताए ।

उनले भने, हामीले प्राक्टिकल गर्दा चर्पी सफा गरौं सर भन्दा हैन शिक्षाबाट योजना माग्नुपर्छ भन्छन् हाम्रो त विद्यालयमा दुर्दशा छ ।

विद्यालयमा संख्या गन्ने हो भने चर्पी आवश्यकताभन्दा बढी छन् । प्रयोगमा एक दुईभन्दा बढी छैनन्, कोही पुराना भए र प्रयोग गर्न रोक लगाएको छ कुनैमा फोहर जम्मा भएको छ । जिल्ला शिक्षा कार्यालयले हाम्रो कुरा सुन्दैन, चर्पी मर्मतका लागिसमेत नदिएकाले यस्तो अवस्था आईलागेको शिक्षक तिलक दौल्याले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यार्थीलाई चर्पी प्रतिबन्ध छैन । एकै चर्पी भएकाले लाइनमा बस्नुपर्छ । पानीको अभाव छ । विद्यार्थीलाई खाल्डोको दिसा सफा किन गराउने भन्ने हो । अब आन्तरिक स्रोतबाट भएपनि चर्पीको मर्मत गरिन्छ । विद्यालयमा करिब ६०० विद्यार्थी छन् ।”

कार्यालयमा हाजिर भएको एक हप्ता भएको छैन, विद्यालयको अवस्था बुझ्दैछु, अहिलेसम्म करिब रु १५ लाख रकम दुर्गा माविमा चर्पी निर्माण र मर्मतको लागि गएको जिल्ला शिक्षा अधिकारी पदमराज जोशीले बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया