Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – साना उमेरका बालबालिकाले आफ्नो दृष्टिमा समस्या रहेको व्यक्त गर्न सक्दैनन् । तर, यसको नकारात्मक असर उनीहरुको पढाइ तथा व्यक्तित्व विकासमा परिरहेको हुन्छ र थाहै नपाई बालबालिकाको आँखामा सधैंका लागि खराबी आउन सक्छ । तसर्थ, अभिभावकले बालबालिकाको आँखाको समस्याबारे मिहिन ढंगले बुझ्ने कोसिस गर्नु राम्रो हो ।

बालबालिकाले आफूले जे देख्यो अथवा जस्तो देख्यो त्यसको आकृति त्यस्तै नै होला भन्ने बुझ्छन् । त्यसैले आँखा परीक्षण गरी उनीहरुको आँखाको समस्या समयमै निराकरण गर्नेतर्फ लाग्नुपर्छ । आखाँमा समस्या नआए मात्र बालबालिकाले आफ्नो पढाइका साथै सम्पूर्ण शारीरिक क्रियाकलाप बिनाकुनै बाधा सजिलै पूरा गर्न सक्छन्, जुन उनीहरुको मस्तिष्क विकाशका लागि पनि अपरिहार्य छ ।

बालबालिकाको आँखाबारे समयमै पत्ता लगाउनुपर्ने महत्वपूर्ण कुरा हो ‘अल्छी आँखा’ । आँखा अल्छी बनाउने कारक तत्व समयमै परीक्षण गर्दा बाल अन्धोपन निम्त्याउने कारक तत्वहरुबारे पनि थाहा पाउन सकिन्छ । जसको समयमै उपचार गरी बाल आन्धोपनबाट बालबालिकालाई बचाउन सकिन्छ ।

के हो अल्छी आँखा ?

बनावटका हिसाबले आँखा साधारण देखिए पनि एक अथवा दुवै आँखाको दृष्टि कमजोर हुनु, मस्तिष्क र आँखाको तालमेल नमिल्नु अल्छी आँखाको अवस्था हो । यसैगरी, दुईवटै आँखाको दृष्टि दोष फरक हुनु, दुवै आँखाको दृष्टि दोष धेरै हुनु, एउटा आँखा टेढो हुनु वा दुईटा आँखाबीचको समायोजन नमिल्नु, आँखामा प्रकाश छिर्न समस्या पार्ने मोतियाबिन्दु हुनु, आँखाको नानीमा दाग हुनु जस्ता समस्याले अल्छी आँखाको जनाउ दिन्छ ।

यी समस्या बेलैमा पत्ता लगाउन सकिएन भने पछि उपचार गर्न निकै अप्ठ्यारो हुन्छ । यसले बाल अन्धोपनलाई निम्त्याउँछ।

बच्चामा आँखाको समस्या भएको कसरी शंका गर्ने ?

– आँखा टेढो भएमा,

– टाउको दुख्ने समस्या भएमा,

– आँखा चिम्सो बनाएर हेर्ने गरेमा,

– पढाइको स्तर खस्किँदै गएमा,

– बच्चाले आँखा धमिलो भएको अथवा एउटै वस्तु दुईटा देख्ने गरेको बताएमा,

– बच्चाले आँखा थाक्यो भन्ने गरेमा,

– पढ्दा हरफहरु दोहोर्‍याएर पढ्ने बानी भएमा,

– नजिकका कुरामा बेवास्ता गरेमा,

– एकदम नजिकबाट पढ्ने वा टिभी हेर्ने गरेमा,

– आँखा मिचिरहने गरेमा,

– आँखा हल्लिरहने गरेमा ।

यी माथिका कुनै पनि लक्षण बालबालिकामा देखियो भने त्यसलाई बेवास्ता गर्नु हुँदैन । तुरुन्त आँखा परीक्षण गराइहाल्नुपर्छ । -स्वास्थ्य खबरबाट…

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया