Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – धितोपत्र बजारमा यस साता रु तीन अर्ब ५६ करोड एक लाख २३ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १८० कम्पनीको ७५ लाख ८४ हजार ५९० कित्ता शेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ७ दशमलव ४ प्रतिशत बढी हो । गत साता १७५ कम्पनीको रु तीन अर्ब ३१ करोड ४९ लाख ६५ हजार बराबरका एक अर्ब ४८ लाख ३० हजार ८८० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४२ दशमलव २९ अंकले घटेर अन्तिम दिन एक हजार ५८० दशमलव ०३ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९ दशमलव ४२ अंकले घटेर ३३१ दशमलव ३२ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा छिमेक लघुवित्त विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १८ करोड ४२ लाख ७० हजार बराबरको कारोबार भएको थियो ।

त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा एनआसी एसिया बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको तीन लाख २६ हजार कित्ता शेयर कारोबार भएको थियो । त्यसैगरी कारोबार संख्याका आधारमा हिमालयन पावर पार्टनर लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको सात हजार ८७८ वटा शेयर कारोबार भएको स्टकले जनाएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया