Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – अस्पतालको अपरेशन थिएटर अति संवेदनशील स्थान मानिन्छ । बिरामी, डाक्टर र नर्सबाहेक त्यहाँ कसैलाई पनि प्रवेश दिइँदैन । तर यदि यहि स्थानमा दुई डाक्टर झगडा गर्छन् भने तपाईं के भन्नुहुन्छ ? अचम्मित गरिदिने उक्त घटना भारतको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यी डाक्टर त्यतिबेला झगडा गरे जब अपरेशन थिएटरमा एक महिला प्रसव पीडापछि भर्ना भएकी थिइन् । अपरेशन चलिरहेकै बेला डाक्टर एक आपसमा झगडा गरिरहेका थिए ।राजस्थानको जोधपुरको उमेद अस्पतालमा उक्त घटना भएको हो । यसबारे त्यतिबेला पर्दाफास भयो जब एक भिडियो सोसल मिडियामा भाइरल भयो ।

अस्पतालले घटनालाई सही बतायोः

भिडियोमा दुई डाक्टर झगडा गरिरहेका थिए र अन्यले उनीहरुलाई शान्त गर्ने कोसिस गरिरहेका थिए । साथै, स्ट्रेचरमा एक महिला देखिएकी छिन् । भिडियो भाइरल हुने बित्तिकै अस्पतालले तुरुन्त एक्सन लियो । संवाददाता सम्मेलन बोलाएर दोषी डाक्टरविरुद्ध कारवाहीको विश्वास दिइयो ।

अस्पतालका मेडिकल अध्यक्ष डा. रंजनाले भन्नुभयो, ‘भिडियो उमेद अस्पतालको नै हो र घटना मंगलबारको हो ।’ लडाईंका बेला अपरेशन थिएटरमा जुन महिलाको डेलिभरी भइरहेको थियो, पछि उनको बच्चाको निधन भयो ।

यद्यपी, अस्पतालले यो खबरलाई खारेज गरिरहेको छ । डा. रंजनाले भन्नुभयो, ‘शल्यक्रिया भइरहेको महिलाको बच्चाको मृत्यु भएको खबर झुटो हो  । ती महिलाले छोरीलाई जन्म दिएकी छिन् । आमा र बच्चा दुबै स्वस्थ छन् ।’

तीन सदस्यको अनुसन्धान टोलीले तीन दिनमा आफ्नो रिपोर्ट सुम्पिनेछन् । भिडियो अस्पतालको कुनै कर्मचारीले बनाएका हुन् तर उनी को हुन्, त्यसबारे अहिलेसम्म पत्ता लागेको छैन ।

डा. रञ्जनाले दुबै डाक्टरको पहिचान डा. अशोक ननिवाल र डा. मथुरा लाल टाकको रुपमा गर्नुभएको छ । उहाँका अनुसार दुबै डाक्टरलाई अस्पतालबाट अहिलेका लागि कार्यमुक्त गरिएको र आन्तरिक अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

भिडियो कसले बनायो र कसरी लिक भयो भनी अनुसन्धान गर्न अस्पतालका अन्य कर्मचारीको पनि बयान लिइँदै छ ।

तपाईको प्रतिक्रिया