Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – सेतो पानी बग्ने समस्या धेरै महिलामा देखिन्छ । योनि र पाठेघरमा हुने संक्रमणले महिलामा सेतो पानी बग्ने समस्या सुरु हुन्छ । कतिपयले लाजका कारण समस्या लुकाउँदा अन्य विभिन्न रोग लाग्न सक्छ ।

यौनसम्पर्कबाट योनिमा संक्रमण भयो भने गनाउने हुन्छ । योनिबाट पिपजस्तो सेतो पदार्थ बग्छ र माछाजस्तो गनाउने पानी बग्छ ।


यौनसम्पर्कविना पनि योनिमा सेतो पानी बग्ने समस्या हुन्छ । यौनसम्पर्कविना पाठेघरमा दुई किसिमले संक्रमण हुन्छ, डायबेटिज भएको महिलामा हुने संक्रमण र गर्भवती महिलामा हुने संक्रमण । डायबेटिज भएको महिलामा रोगसँग लड्ने क्षमता कम हुन्छ । त्यसैले सेतो पानी बग्ने समस्या हुन्छ ।

योनि धेरै सफा गर्दा पनि पानी बग्ने समस्या हुन्छ । धेरै सफा गर्दा शरीरलाई चाहिने कीटाणु हटाउँछ र योनिमा ढुसी आउँछ ।
श्रीमान्लाई यौनरोग लागेको छ भने श्रीमान्सँगको यौनसम्पर्कपछि पनि योनिमा संक्रमण बढ्छ । योनिमा हुने विभिन्न संक्रमणले सेतो पानी बग्ने हुन्छ ।

 

बच्ने उपाय
निरन्तर योनि सफा गर्नुपर्छ ।

अन्डरवेयर दिनदिनै चेन्ज गर्नुपर्छ ।

योनिलाई साबुनले धुनु हुँदैन । सफा पानीले धुनुपर्छ । साबुनले धुँदा योनि सुक्खा हुन्छ र चिलाउने हुन्छ ।

बिहे नगरेका महिलामा पानी बग्यो भने खासै आत्तिनु पर्दैन । महिनावारी हुने पाँच दिनअगाडि र महिनावारी भएको १४ दिनको दिन पानी धेरै बग्छ । तर, यो बिस्तारै कम हुँदै जान्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया