Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – युवा साहित्यकार रश्मि रोदनको नविनतम् कृति प्रियतम सार्वजनिक गरिएको छ । संग्रहमा १०१ मुक्तकहरु छन् । वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथी हुनुहुन्थ्यो ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गजलकार डा.कृष्णहरि बराल, साहित्यकार पोष्टराज चापागाईं, गजलकार सुदिप गौतम, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी, छायाँछवि क्रियशनका अध्यक्ष शानितप्रिय लगायतले मुक्तकसंग्रह ‘प्रियतम’ लाई सार्वजनिक गरेका थिए ।

छायाँछवि क्रियशनको आयोजनामा भएको उक्त मुक्तकसंग्रह सार्वजनिक कार्यक्रमलाई स्वागत गर्दै आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले मुक्तकहरु राम्रो लागेका कारण प्रकाशन गरिएको बताउनुभयो ।

शान्तिप्रियले आफू राम्रो पाठक भएकै कारण पनि मुक्तकहरुले आफूलाई आकर्षित गर्न सफल भएको हुँदा प्रकाशनमा ल्याउनका लागि मुक्तककार रश्मि रोदनलाई आग्रह गरेको र यसले मूर्त रुपलिन सफल भएको बताउनुभयो ।

कृतिमाथि समिक्षा गर्दै सन्तोष श्रेष्ठले अबको जमाना भनेको बोल्नेहरुको मात्रै भएको प्रष्ट पार्दै मुक्तकसंग्रहले मायाप्रेमलाई केन्द्रित गरेको हुँदा मुक्तककारको उमेरले पनि त्यसलाई प्रष्ट पारेको बताउँदै श्रेष्ठले राम्रा सिर्जनालाई सबैले माया गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी डा.कृष्णहरि बरालले गजलहरु राम्रो रहेको र रश्मि रोदनको लेखकीय क्षमताले पनि मुक्तक संग्रह सबल बन्न सकेको बताउनुभयो । त्यस्तै साहित्यकार पोष्टराज चापागाईंले आफूले पुस्तकमै सबैकुरा लेखेको बताउँदै मुक्तक संग्रह निकै नै राम्रो बनेको र रोदनको लेखनीय क्षमता पनि सबल बनेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गजलकार ज्ञानुवाकर पौडेलले मुक्तककारका गजल उत्कृष्ट भएको बताउँदै गजल र मुक्तकका बारेमा भएका टिकाटिप्पणीले कुनै अर्थ नराख्ने बताउनुभयो ।

पछिल्लो समय गजल र मुक्तकका बारेमा आएको अन्यौलताले आफैंमा प्रश्न गरिरहेको बताउँदै उहाँले साहित्यको कुनै सीमा नहुने उल्लेख गर्नुभयो । मुक्तकसंग्रहमा १०१ मुक्तक संग्रहित छन् । पुस्तकलाई छायाँछवि क्रियशन प्रा.लि.ले प्रकाशन गरेको हो ।

तपाईको प्रतिक्रिया