Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – दोस्रो विश्वयुद्धका बेला जापानी पनडुब्बीको आक्रमणमा परेर डुबेको अमेरिकी युद्धपोत ‘युएसएस इण्डियानापोलिस’को भग्नावशेष ७२ वर्षपछि फेला परेको छ ।
उक्त युद्धपोतको भग्नावशेष साढे पाँच किलोमिटर गहिराइमा समुद्र सतहमा फेला परेको हो ।

एउटा गोप्य मिसनबाट फर्केने क्रममा उक्त युद्धपोत जापानी आक्रमणमा परेको थियो । उक्त युद्धपोत एउटा गोप्य मिसन अन्तर्गत परमाणु बम पुर्‍याउन गएको थियो र पछि हिरोशिमामा त्यसको प्रयोग गरियो ।

परमाणु हमला
युद्धपोतमा सवार १,१९६ मध्ये ३१६ जनालाई बचाउन सकिएको थियो । अमेरिकी नौसेनाको इतिहासमा त्यो सबैभन्दा ठूलो दुर्घटना थियो । सन् १९४५ को जुलाइ ३० तारिख फिलिपिन्सको समुद्र नजिक गुआम र लाफिएटको बीचमा जापानी पनडुब्बीको आक्रमणमा परी उक्त युद्धपोत डुबेको थियो ।

घटनाको चार दिनपछि ३१६ जनालाई जीवित फेला पारिएको थियो । उनीहरु फेला परेको समुद्री क्षेत्र शार्कबाट प्रभावित थियो । करिब १२ मिनेटभित्र उक्त युद्धपोत समुद्रमा डुबेको थियो र कुनै आपतकालीन सम्पर्क नभएका कारण त्यो स्थान पत्ता लगाउन लामो समयसम्म चुनौतीको सामना गर्नुपर्‍यो ।

माइक्रोसफ्ट कर्पका सह-संस्थापक पल एलेनसहित १३ जनाको टोलीले यही अगस्ट १८ तारिखमा उक्त युद्धपोतको भग्नावशेष फेला पारेको हो ।

अनुसन्धान
प्रशान्त महासागरको उक्त क्षेत्रमा सो घटना हुनु एक दिनअघि एउटा युद्धपोत देखिएको नौसैनिक इतिहासविद्हरुको एउटा नयाँ अनुसन्धानले देखाएको थियो ।
उक्त युद्धपोत आफ्नो अन्तिम मिसनका निम्ति चर्चित थियो । त्यसमा परमाणु बमका पार्टपुर्जा र परमाणु ‘रिएक्शन’का लागि युरेनियम इन्धन पनि लगिएको थियो ।

विश्वयुद्धको अन्तिम वर्ष तिनिआन टापुस्थित अमेरिकी अखडामा ती सामानहरु पुर्‍याइएका थिए जसबाट विश्वमा पहिलो परमाणु हमला गरिएको थियो । उक्त युद्धपोत डुब्नुअघि हिरोशिमामा आक्रमण गरिसकिएको थियो ।

‘फ्याट म्यान’ नामक बम नागासाकीमा खसालिएको थियो जुन घटनापछि जापान आत्मसमर्पणका लागि तयार भयो र दोस्रो विश्ययुद्ध समाप्त भयो ।

बलिदान
एलेनले भने, “दोस्रो विश्वयुद्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने इण्डियानापोलिसका बहादुर मानिसहरु र उनीहरुका परिवारप्रति सम्मान प्रकट गर्नका निम्ति यो ठूलो खोज हो। अमेरिकी नागरिकका रुपमा हामी सो युद्धपोतमा सवार सबैका साहस र बलिदानका ऋणी छौँ ।”

फेला पारिएको युद्धपोतलाई युद्ध स्मारकका रुपमा संरक्षण गरिने बताइएको छ। युद्धपोतबाट बाँच्न सफलमध्ये २२ जना अझै जीवितै छन्। उनीहरुका प्रवक्ताले भने, “डुबेको युद्धपोत कहिले भेटिन्छ भनी सबैलाई प्रतीक्षा थियो ।”

अनुसन्धानका लागि प्रयोग गरिने एलेनको जहाज ‘पेट्रेल’ खासगरी यस्तै उद्देश्यका लागि बनाइएको छ । यसअघि उनको टोलीले दोस्रो विश्वयुद्धका बेला डुबेको एउटा जापानी युद्धपोत र इटलीको नौसेनाको एउटा जहाज पनि फेला पारेको थियो । –बीबीसीबाट..  

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया