Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – सरकारले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । सो क्षेत्रमा आगामी दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने गरी सरकारले योजना अगाडि बढाएको छ ।

सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढिसकेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। ‘सो क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढेको छ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘सो क्षेत्रमा नेटवर्क विस्तार गर्न इच्छुक कम्पनीको आवेदन माग गरिएको छ ।’

प्राधिकरणले सो क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट नेटवर्क विस्तार गर्न इन्छुक कम्पनीले २ असोजसम्म आवेदन दिन सक्ने गरी ४ भदौमा सूचना निकालेको छ । सार्वजनिक स्थल तथा महत्वपूर्ण क्षेत्रहरूमा ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउने नीतिअनुसार यो प्रक्रिया सुरु भएको प्राधिकरणले जनाएको छ। उक्त क्षेत्रमा निःशुल्क रूपमा वाइफाइ उपलब्ध गराउने योजनाअनुसार काम अगाडि बढाइएको सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताए ।

‘विशेष महत्व भएका क्षेत्र र सार्वजनिक महत्व भएका क्षेत्रमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने नीतिअनुरूप सिंहदरबार, पद्मकन्या क्याम्पस र सञ्चारग्राम क्षेत्रमा काम अगाडि बढेको हो।’ छानिएको कम्पनीले छनोट भएको मितिले दुई महिनाभित्र इन्टरनेट उपलब्ध गराउनुपर्नेछ। कम्पनीलाई सरकारले सहुलियत उपलब्ध गराउनेछ। सिंहदरबार मुलुककै सबैभन्दा ठूलो प्रशासनिक क्षेत्र हो । यस क्षेत्रमा स्वास्थ्य मन्त्रालयबाहेक सम्पूर्ण मन्त्रालयका कार्यालय छन् ।

त्यसैगरी, अन्य प्रशासनिक कार्यालय र सञ्चारगृह पनि रहेका छन् । यस क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी अत्यधिक आवश्यक छ। हरेक कार्यालयले आफ्नो आवश्यकताअनुसार त्यसलाई प्रयोग गर्न सक्ने अर्यालले बताए।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया