Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

झापा – झापाका बाढीपीडितमा छाला र श्वासप्रश्वाससम्बन्धी धेरै स्वास्थ्य समस्या रहेको पाइएको छ । बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा अधिकांश बाढीपीडितमा छाला, श्वासप्रश्वास र ज्वरो आउने स्वास्थ्य समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रम अधिकृत पौडेलका अनुसार दुई हजार ४७८ जना बाढीपीडितको स्वास्थ्य परीक्षण गरिएको छ । ‘अधिकांशमा छाला, श्वासप्रश्वासका कारण थाहा हुन नसकेको ज्वरोको समस्या देखिएको छ’, उहाँले भन्नुभयो, “स्वास्थ्य परीक्षणसँगै औषधि वितरण गरेका छौँ ।” आम्दा अस्पताल दमक, नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाले विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

झापा गाउँपालिकाको चार स्थान, कचनकवलको दुई, गौरीगञ्जको एक, बाह्रदशीको एक, गौरा दह नगरपालिकाको दुई र शिवसताक्षी नगरपालिकाको एक स्थानमा शिविर सञ्चालन गरिसकेको जनस्वास्थ्य झापाले जनाएको छ । महामारी नियन्त्रणमा आइसकेकाले भोलि ९बिहीबार०सम्म मात्र स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम अधिकृत पौडेलले बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया