Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

 

काठमाडौँ – राजनीतिज्ञ चन्द्रदेव जोशीले लेख्नुभएको ‘यात्राः आफ्नै आँगनको’ नामक काव्य कृति बजारमा आएको छ ।

कृतिमा मेरो बाटो, नयाँ झिल्को : आशाको, एउटा बस्ती : गाउँको, इतिहासको बाटो, काठमाडौँ खाल्डोलगायत शीर्षकमा भाव समेटिएको छ ।

यहाँ बुधबार आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले उक्त कृतिको लोकार्पण गर्दै अन्धकार युगमा रहेका जनतालाई ज्ञानको चेतनाले उज्यालोतर्फ लैजान पुस्तक उपयोगी रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दले ज्ञानको खोजीका लागि विभिन्न किसिमको संघर्ष गरी लेखकले मुलुकमा सामाजिक न्याय, समतामूलक समाज निर्माणका लागि कृति प्रेरणाको स्रोत बन्नसक्ने विचार व्यक्त गर्नुभयो ।

वरिष्ठ साहित्यकार तारानाथ शर्माले प्रकृतिको व्यापकता, धरतीको जीवन, अन्तरिक्षको गहिराइ नै जीवनको रहस्य भएको सन्देश पुस्तकले दिने बताउनुभयो ।

पूर्वमन्त्री मोदनाथ प्रश्रितले प्रकृति, सौन्दर्य तथा राजनीतिलगायत समाजका विभिन्न आयामलाई लेखकले नयाँ शैलीबाट साहित्यमा प्रयोग गरेकाले पुस्तक पाठकलाई महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यकार बैरागी काँइलालगायतले मुलुकको राष्ट्रियता, इतिहास, मानवता, माक्र्सवादलगायत विषय कृतिको मूलपक्ष भएको बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया